Powered by Blogger.
माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन सम्पन्न

Image may contain: 8 people, crowd and indoorहेटौडा, ५ फागुन / नेकपा माओवादी केन्द्र मकवानपुर हेटौडा उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन आज सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र नगर इन्चार्ज बलराम बलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम् प्रदेस सभा सदस्य कुमारी मोक्तान प्रमुख अतिथि रहनुभएको थियो ।
कम्युनिष्टहरुको विचार र व्यवहारमा एकरुपता हुनुपर्ने भन्दै उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले वाम एकताले थप उर्जा मिलेको बताए । संविधानलाई अक्षरश पालना गर्न नेतृत्वलाई खबरदारी गर्नुपर्ने नागरिकको जिम्मेवारी रहेको समेत कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका संयोजक तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश सभा सदस्य ओम घलान, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कौशल पाण्डे, ऋषिराम पोख्रेल, पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) लगायतका कार्यक्रममा आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमति गाउँपालिका अध्यक्ष सर्केस घलान, थाहा नगरपालिका प्रमुख लवशेर विष्ट, नेता विष्णु विष्ट, भिम पाख्रिन, लक्ष्मी पाख्रिन लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
नगर सम्मेलनले ५३ जनालाई चयन गरेको छ । कार्यविधि अनुसार नगरको नेतृत्व ५३ जनाबाटै छानिने नेता प्रकाश पाण्डेले जानकारी दिए ।


0 comments

Write Down Your Responses