Powered by Blogger.
सरकार म बाँच्न चाहान्छु,मलाई बचाईदेउ : आन्द्रा क्यान्सर पिडित बिकास वाम्बुले राई


र्थना गर्ने ओंठ भन्दा, सहयोगी हातानै महान हुन्छ ।
मकवानपुर ÷  ओखल्ढुँगा जिल्ला मानेभञ्ज्याङ वडा नम्बर ६ सोक्माटरका बिकास वाम्बुले राई आन्द्रा क्यान्सर पिडितबाट जिवन र मरणको दोँसाधमा हाल भरतपुर क्यान्सर हस्पिटलमा उपचार गराईरहेका छन् ।
हाल उदयपुर ,कटारी नगरपालिका वडा नं.४ तित्रीबोट निबासी बिकास वाम्बुले राई बिगत २ बर्ष अगाडि बैदेशिक रोजगारीको सिलशिलामा मलेसियमा कार्यरत रहँदा किड्नी समस्याको कारण फिर्ता आई काठमान्डौमा उपचाररत गर्दै आएका थिए ।

 उपचार कै क्रममा बिगत ३ र ४ महिना देखि पेटको समस्या पैदा भै जचाउँदा आन्द्रामा क्यान्सर भएको कुरा पुष्टि भए पश्चात राईको जिवनमा बज्रपात नै पर्यो । बिपि मेमोरियल अस्पताल धरान हुँदै उपचार क्रममा भरतपुर क्यान्सर अस्पताल चितवानमा  उनको १ फिट आन्द्रा काटिएको र अन्य जटिल रोगसँग सँगै उपचारको क्रममा रहेको बिरामीको सहोदर दाजु धिता राज राईले जानकारी दिए ।

क्यान्सर अस्पतालमा उपचार गराईरहेका वाम्बुले राइको हाल क्यान्सर उपचारका लागि महंँगो रकम लाग्ने भएका कारण र आफ्नो घरायसी आर्थिक स्थिति निकै नाजुक भएका कारण स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुसँग आफ्नो उपचारका लागि आर्र्थीक सहयोगको अपेक्षा राखेका छन ।

क्यान्सर पिडित बिकास वाम्बुले राईले आखाँभरी आशुँको धारा छोड्दै आफ्नो परिवारमा साना बालबच्चा र श्रीमती भएको र आफ्नो यो हालत र बच्चाहरुको भोलीको भविष्यको लागि पनि आफुले जिउनु पर्छ भन्दै सम्पूर्ण लाई राईले सहयोगको अपेक्षा राखेको सो अभियानका अभियान्ता नारायण राईले दामनपोष्टलाई जानकारी दिए । ’
 पिडित राईले भनेको कुरालाई सहोदर दाजु धिताराज राईले यसरी भने , ‘यहाँ सम्म आईपुग्दा घरको आर्थिक श्रोत साधन धेरै खर्च भै सकेको छ र अझैं हुने खर्चको यकिन सम्म गर्न कठिनाई छ, घरबाट उपचार धान्न नसक्ने स्थिति श्रृजना भएको अबस्था छ । उहाँ भर्खर ३४ र ३५ बर्षको हुनु भएको छ,म लामो समय सम्म बाँच्न चाहान्छु,बाँचेर देशको लागि केहि गर्न चाहान्छु । मलाई सहयोग गर्दिनुस् ।’ 
पिडित युवा राईको ज्यान बचाउन खातिर निस्वार्थ भावनाका साथ यूवाहरुले (क्यान्सर पिडित बिकास वाम्बुले राई बचाऊ अभियान ) स्थापित गर्दै विभिन्न देश – विदेशमा छरिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीसंग अफिल समेत गरिरहेको छ ।

सहयोग गर्नको लागि : क्ष्ःभ् mयलभथ तचबलायच मार्फत बिरामीको सहोदर दाजु धिता राज राई को (ब्रऋ लय।घघण्ढण्ज्ञद्धण्द्दण्ण्ठण् ग्लोबल आई एम ई बैंक काठमाण्डौ ।
विस्तृत जानकारीको लागि ः  नेपालमा सम्पर्क पिडित विकाश राई मो.नं. ९८०८३३४०५९ दाजु  धिता राज राई मो.नं. ९८०८८६१६२७ भाउजू ( ईन्दु राई मो.नं. ९८०७००४४४० मनोरमा सुनुवार मो.नं. ९८६१२९३२५१ धन्यबाद,
 सेवा ः अन्य देशको लागि सम्पर्क जनक वाम्बुले राई(कतार ९५५५७५०९५  निदु वाबुले राई (कतार ९३३७४७३९३० ब्रिन्दाराज जेरो राई(कतार ९५५९६१७४६०

0 comments

Write Down Your Responses