Powered by Blogger.
चौतारीको पुरस्कार घोषणा, हृदयचन्द्र पुरस्कार निर्मला र अग्निशिखा पुरस्कार प्रमोदलाई


काठमाडौं । प्रेस चौतारी नेपालले स्थापना गरी वितरण गर्दै आएका पत्रकारिता पुरस्कार पाउने व्यत्तिहरुको नाम  घोषणा गरेको छ । 

पुरस्कार सिफारिश समितिको सिफारिसअनुसार चौतारीले यस बर्षको पुरस्कार घोषणा गरेको हो । प्रेस चौतारीका महासचिव राजेश राईले एक बिज्ञप्ती जारी गरी बिभिन्न नाममा रहेका पुरस्कार घोषणा गरेका हुन् । 
जसअनुसार हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार निर्मला शर्मा, अग्नि शिखा पत्रकारिता पुरस्कार प्रमोदकुमार सिंह (दाहाल) लाई प्रदान गरिने भएको छ ।

यसैगरी वीरेन्द्रकुमार साह क्रियाशिल युवा पत्रकारिता पुरस्कार राजु अधिकारी (झापा), बसन्तप्रताप सिंह (बझाङ) र सुभद्रा प्याकुरेल (सुनसरी), डेकेन्द्र थापा पत्रकारिता पुरस्कार सुशिल अर्याल (गोरखा), दिपक रिजाल (धादिङ) र मिना बुढाथोकी (सल्यान)लाई प्रदान गरिने भएको छ ।

यसैगरी यसैबर्षदेखि स्थापना गरिएको पद्मलक्ष्मी–सावित्री बस्नेत पत्रकारिता पुरस्कार दमन राई(खोटाङ), युनिकबिफा घिसिङ (रामेछाप) र रबिना बोहोरा (बागलुङ) लाई प्रदान गर्न शिफारीश गरिएको छ । 

यसैगरी चौतारीले सातै प्रदेशमा एक एक वटा उत्कृष्ट जिल्ला घोषणा गरेको छ । जसअनुसार प्रदेश–१  पाँचथर, प्रदेश–२ पर्सा, प्रदेश–३ मकवानपुर, प्रदेश–४  बागलुङ, प्रदेश–५  बाँके, प्रदेश–६ सुर्खेत र प्रदेश–७  बाजुरा उत्कृष्ट जिल्ला रहेका छन् । 

पुरस्कृतहरुलाई आगामी मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवशको अवसर पारेर पुरस्कार वितरण गरिने जनाइएको छ । 


0 comments

Write Down Your Responses