थाहानगर मिडिया एसोसिएसनको अध्यक्षमा कुमार नेगी

सो एसोसिएसनको उपाध्यक्षमा विकास खबरपत्रिकाका प्रकाशक सुरजकुमार भुजेल, सचिवमा जनमुखी साप्ताहिकका संवाददाता शम्भु अधिकारी, सहसचिवमा विकासखबर डटकमका संवाददाता मञ्जरी बलामी, कोषाध्यक्षमा थाहापाटी डटकमका रामकुमार कार्की चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा साझाकुरा दैनिकका जर्म श्रेष्ठ, ईन्द्रसरोवर एफएमका बासु विष्ट, शान्तिपुर दैनिकका जनक तामाङ, रेडियो आवाजका सुनसाथी थिङ, रेडियो पालुङका अनन्त ढकाल र विकास खबर डटकमका निराजन गोपाली रहेका छन् । कार्यक्रम समाजसेवी अच्युतम प्रसाद ढकाललको विशेष आतिथ्यतामा भएको भेलामा नेपाल पत्रकार महासंघ प्रदेश पार्षद सुरेन्द्रमान प्रधान, जनमुखी प्रा.लिका ईच्छापूर्ण कार्र्की लगायतको आतिथ्यता रहेका थियो ।
0 comments
Write Down Your Responses