Powered by Blogger.
चलचित्र ‘मंगलम’ को टोलि प्रचारप्रसारका लागि हेटौडामा

मकवानपुर / नायिका शिल्पा पोखरेलद्धारा निर्माण गरेको पहिलो चलचित्र ‘मंगलम’ प्रर्दशनको तयारीमा छ । नायिका पोखरेलको पहिलो चलचित्र मंगलम फागुन २५ गते प्रर्दशन हुँदैछ । सो चलचित्रको प्रचारप्रसारमा रहेको मंगलम्....चलचित्र निर्माण टिम हेटौडा आईपुगेको छन् । आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका बिषयमा जानकारी दिएको हो ।

 चलचित्र मंगलमका कार्यकारी निर्माता छविराज ओझाले आफुले निर्माण गरेको अन्य चलचित्र भन्दा यो चलचित्र फरक रहेको बताएका छन् । छविराज प्रोडक्शनमा निर्माण भएको यस चलचित्रमा द्धन्द्ध नभएको बताउँदै चलचित्रमा अन्तरसम्बन्ध द्धन्द्ध भने रहेको बताए । 

 निर्माता ओझाको २३ औँ चलचित्र मंगलम्को काठमाण्डौ र काठमाण्डौ आसपासमा छायाङकन गरिएको हो । चलचित्र मंगलम युवायुवतीको प्रेम भन्दा पनि आमा छोरा र बुबा छोराको प्रेमकथामा आधारित रहेको निर्देशक नवल नेपालले बताए ।  

पैसाका लागि भन्दा पनि आत्मा सम्मानका लागि मैले यो चलचित्र निर्माण गरेको हुँ’, निर्देशक नेपालले भने ‘ व्यापार सँगसँगै चलचित्र पनि राम्रो बनोस् भन्ने सवैको सपना हुन्छ ।’ निर्देशक नेपालले चलचित्र मंगलममा सामाजिक तथा पारिवारिक कथा बस्तु समेटिएकोले दर्शकले मन पराउनेमा ढुक्क भएको बताए । उनले थपे,'समाजमा घटिरहेको विकृतिलाई उर्तान खोजिएको दुख र सुखको सन्तुलन भएको चलचित्र हो ।' 

चलचित्र मंगलम २ घण्टा ४ मिनेटको रहेको चलचित्र एक करोड ५ लाखको लागतमा निर्माण भएको चलचित्र मंगलममा पुष्प खड्का, शिल्पा पोखरेल, मिथिला शर्मा, निर शाह, पृथ्वीराज प्रसाई, साम्राग्य राज्यलक्ष्मी शाह लगायतको अभिनय रहेको छ ।

0 comments

Write Down Your Responses