Powered by Blogger.
कमेडियन चलचित्र ‘हुर्रे’, फाल्गुन २५ बाट देशभर एकैसाथ

मकवानपुर, यहि फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हुर्रे’ को प्रचार यात्रा तिब्र पारिएको छ । चलचित्र प्रचारका लागि देश दौडाहामा रहेको चलचित्रका कलाकारहरु आज हेटौडा आईपुगेका छन ।


 आज हेटौडामा पत्रकार सम्मेलन गर्दै अभिनेत्री केकी अधिकारीले आफू चलचित्रमा मेनका पात्रका रुपमा उपस्थित हुने जानकारी गराएकी थिईन । उनले भनिन् ,‘प्रेमको मोह जालमा फसाउने केटीको भूमिका निर्वाह गरेको छु ।’ कमेडि खालको फिल्म रहेको बताउदै सबै दर्शकलाई हल सम्म गएर हेर्नको लागि आग्रह गरिन् ।Image result for हुर्रे’ चलचित्रको प्रचार

चलचित्रका अर्का पात्र हास्यकलाकारको रुपमा समेत परीचित कलाकार राजाराम पौडेलले .....हुर्रे’ को सबै छायांकन पशुपति क्षेत्रमा सम्पन्न भएको बताए ।
 अनुपविक्रम शाही र केकी अधिकारीलाई जोडीका रुपमा प्रस्तुत गरिएको चलचित्रको याम थापाको लेखन तथा निर्देशनमा बनेका यो चलचित्रमा केकी अधिकारी, अनुप विक्रम शाही, राजाराम पौडेलका अलवा अंकित खड्का ,विजय बराल , संगीता नापित लगायतका कलाकारको पनि अभिनय छ ।

0 comments

Write Down Your Responses