Powered by Blogger.
पत्रकारहरुबिच भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा मकवानपुरे पत्रकार विजय

Image may contain: 17 people, including Subash Bidari, Saw Rose Timalsina and Bibash Adhikari, people smiling, people standing and outdoorबारा,४ फागुन / २ नम्बर प्रदेशको बारा सिमरामा आज  मकवानपुर र बाराका पत्रकारहरुबिच भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा मकवानपुर विजय भएको छ ।  सिमरा रंगशालामा भएको ६० मिनेटको खेलमा मकवानपुरले बारालाई ५–० गोल अन्तरले पराजित गरेको छ । मकवानपुरका लागी पत्रकार बुद्ध श्रेष्ठले ४ र सुवास बिडारीले १ गोल गरेका थिए ।
Image may contain: 10 people, people smiling, people standing and outdoor
बारा पत्रकार दिवाकर भण्डारी र मकवानपुर पत्रकार प्रताप बिष्टकोे कप्तानीमा मैदान उत्रिएको थियो । बारा र मकवानपुरको खेल रोमाञ्चक बनेको प्रतियोगिताको बिजेता मकवानपुरलाई आयोजकको तर्फबाट पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
तस्विर  : Ganesh Darpan Adhikari को फेसवुक वालबाट

0 comments

Write Down Your Responses