Powered by Blogger.
“लिटिल स्टार” हेर्न विद्यार्थीको ओहिरो

हेटौँडा,२८ माघ, 
वालवालिकाको विषयमा निर्माण भएको नेपाली चलचित्र लिटिल स्टार हेर्न दिनानुदिन विद्यार्थीको भिड बढेको छ । आईतबार हेटौँडाको ओम्याक्स चलचित्र हलमा लिटिल स्टारको लागि विद्यार्थीको थामिनसक्नु भिड देखेपछि हल सञ्चालकहरु पनि दंग परेका छन् ।
नेपालमा गएको भुकम्प र त्यसले टुहुरो भएका बालबालिका तथा विभिन्न कारणले आफ्ना आमाबुबा गुमाएर सडकमा जीवन ब्यतित गर्न वाध्य वालवालिकाको कथामा निर्माण भएको चलचित्रले यतिबेला हेटौँडामा निकै चर्चा बटुल्न सफल भएको हो ।
ओम्याक्स चलचित्र भवनमा माघको पहिलो हप्ताबाट प्रर्दशनमा आएको चलचित्रले सोचेजस्तो सफलता पाएको चलचित्रका निर्देशक अजय वाईवाले जानकारी दिए । चलचित्र जे सोचेर निर्माण गरिएको थियो चलचित्र हेरेपछि दर्शकहरुले गरेका प्रतिक्रिया बाट आफ्नो सोच पुरा भएको जस्तो लागेको उनको भनाई रहेको छ ।
चलचित्र हेरेपछि प्रतिक्रिया दिदै हेटौँडामा रहेको वालजागृति इं वोर्डिङ स्कुलका साहायक प्रधानाध्यापक अमुल श्रेष्ठले चलचित्र निकै मार्मिक र तथ्यपरक रहेको बताए । उनले सबै विद्यालयका विद्यार्थी तथा समाजमा रहेका नागरिक समाजले यो चलचित्र हेर्नुपर्ने धारणा ब्यक्त गरे ।
ऐजे टिम हेटौँडा तथा ओपेरा इन्फोटेन्टमेन्टको निर्माणा बनेको चलचित्रमा आयुश घलान, शुसिल वाईवा तथा राजेन्द्र बलामीको मुख्य भूमिका रहेको छ भने चलचित्रमा हेटौँडामा रहेको मामाघर नेपालमा रहेका वालवालिकाको पनि अभिनय रहेको छ ।
चलचित्रले विभिन्न घटनापछि वालवालिकामा पर्ने प्रभाव, उनीहरुको बेचविखनको संभावना तथा सडक वालवालिकालाई समाजले हेर्ने दृष्टिकोणलाई त्रिकोणीय ढंगबाट प्रस्तुत गरेका छ । चलचित्रमा जस्तोसुकै अवस्थामा पनि वालवालिकाले पढन पाउने अधिकारबाट बञ्चित हुनुहुन्न र वालवालिकाप्रति राज्य तथा विभिन्न गैरसरकारी सस्थाहरु जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश समेत दिईएको छ ।
चलचित्र हेर्नको लागि आज वाल जागृति ई वोडिङ स्कुल सहभागि रहेको थियो भने भोली सोमबार हेटौँडाको जिएस निकेतनका विद्यार्थीहरु सहभागि हुने बताईएको छ । यसै गरि दिनानुदिन विभिन्न विद्यालयहरुले चलचित्र हेर्नको लागि सम्पर्क गरेको वाईवाको भनाई रहेको छ ।

0 comments

Write Down Your Responses