Powered by Blogger.
'समाज सचेतना साप्ताहिक ' विमोचन

Image may contain: 5 people, people standingमकवानपुर ÷ हेटौडाबाट प्रकाशन आरम्भ गरेको समाज सचेतना साप्ताहिक पत्रिकाको एक कार्यक्रमको आयोजना गरि विमोचन भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख विकासराज खनाल तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईले संयुक्त रुपमा पत्रिकाको विमोचन गरेका हुन् ।

साप्ताहिक तथा दैनिक पत्रिकाहरुको निकैनै भिड भएको मकवानपुरमा आज समाज सचेतना नामक पत्रिकाको  विमोचन गर्दै मकवानपुरका प्रमुुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पत्रिकाहरु दर्ता धेरै हुने तर निरन्तरता भने नहुने भन्दै पत्रिकाको निरन्तरताको सुभकामना समेत दिए । उनले निश्पक्ष रुपमा मकवानपुरका समस्याहरुलाई उजागर गर्नको लागि प्रेरणा समेत दिए ।

विमोचन कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हुमागाँईले साप्ताहिकको भिडमा नयाँ साप्ताहिकले खोजिमुलक पत्रकारितालाई अभ्यास गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख खनालले प्रहरी प्रशासनलाई ब्यवसायीक बनाउनको लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए ।

पत्रिकाकी प्रकाशक सरीता ढुँगानाको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाकी सम्पादक सञ्जु चापागाई , कार्यकारी संम्पादक रमेश बञ्जारा ,प्रबन्ध निर्देशक गीता बानियाँ गलायतको आथित्यता रहेको थियो ।


0 comments

Write Down Your Responses