Powered by Blogger.
थाहा–काठमाडौँ पत्रकार समाज गठन, अध्यक्षमा ढकाल


काठमाडौँ । उत्तरी मकवानपुरको थाहा नगर पालिकाबाट राजधानीमा बसेर सञ्चार क्षेत्रमा क्रियाशिल रहेका व्यक्तिहरु संगठित भएका छन् । 

उनीहरुले शनिवार एक भेला आयोजना गरी थाहा–काठमाडौं पत्रकार समाज गठन गरेका हुन् । समाजलाई सञ्चार क्षेत्रको साझा चौतारी बनाउने र नगर समृद्धिका एजेण्डामा वृहत छलफल गर्ने प्लेटफर्मको रुपमा विकास गरिने बताइएको छ ।

भृकुटीमण्डप स्थित नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यालयमा भएको वृहत छलफलपछि समाजको नाम र तदर्थ समिति घोषणा गरिएको हो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले सञ्चारकर्मीबीच एक अर्कालाई समस्या पर्दा सहयोग पु¥याउन, पत्रकारिता तथा आम सञ्चार विषय अध्ययन गरिरहेका नयाँ पुस्तालाई सम्पर्क सुत्रको रुपमा काम गर्न र अन्य विकास र समृद्धिका काम गर्न समाज उपयोगी हुने बताए । 

कार्यक्रममा वरिष्ठ पत्रकार तथा उपप्राध्यापक पुष्कल ढकाल, सञ्चारकर्मी तथा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य सन्तोष विष्ट, एमाले थाहा नगर कमिटीका निवर्तमान अध्यक्ष अच्युतमप्रसाद ढकाल, थाहा नगरका पुराना सञ्चारकर्मी दीपक हमाल लगायतले थाहा नगरपालिकाको संभावना र चुनौतीलाई उजागर गर्दै आर्थिक समृद्धिका लागि योगदान गर्न सक्नुपर्नेमा जोड दिएका थिए । 

महासंघका अध्यक्ष बिडारीको अध्यक्षतामै सम्पन्न भेलाले ९ सदस्यीय समाजको तदर्थ समिति गठन गरेको छ । 



अध्यक्षमा ढकाल

बैैकुण्ठ ढकालको अध्यक्षतामा समाजको गठन गरिएको हो । ढकाल नेपाल एफएममा समाचार प्रमुख तथा नेपाल पत्रकार महासंघ नेपाल एफएम प्रतिष्ठान शाखाका अधयक्ष समेत हुन् । 


भेलाले समाजको उपाध्यक्षमा बबिता ढकाल, सचिवमा रघुनाथ बजगाँई, सहसचिवमा ममता थापा र कोषाध्यक्षमा दिनेश कार्कीलाई निर्विरोध चयन गरेको छ । 

उपाध्यक्ष ढकाल नेपालपाटी डटकममा आवद्धछिन् भने सचिव बजगाँइ पनि नेपाल एफएममै आवद्ध छन् । यसैगरी सहसचिव थापा आर्थिक अभियान दैनिकसंग आवद्ध छिन् । 

समाजका सदस्यहरुमा संघर्ष बिष्ट, रामजी बलामी, आयुष्मा बस्नेत र सुस्मिता बजगाँई रहेका छन् । 

समाजको पहिलो बैठक छिट्टै बसी सल्लाहकारहरुको चयन गर्ने र थप कार्ययोजना बनाउने अध्यक्ष ढकालले दामन पोष्टसमक्ष बताए । 




0 comments

Write Down Your Responses