Powered by Blogger.
‘विश्वास घात......’ वोलकोे गीतको म्यूजिक भिडियो सार्वजानिक (भिडियो सहित)

थाहानगर ÷ थाहा कला केन्द्रका अध्यक्ष सानोवावु मुक्तानको निर्देशनमा निर्मित ‘विश्वास घात...........’ वोलको गीतकोे म्यूजिक भिडियो सार्वजानिक गरेको छ । युट्युव च्यानल म्यूजिक नेपालबाट सो म्यूजिक भिडियो सार्वजानिक भएको हो ।

कैलाश गाउँपालिका वडा नम्बर ६ घर भएका धर्मराज सुवेदि ‘घायल’ र गायक मुक्तिनाथ उपे्रती ‘मञ्जिल’ कोे शब्दलय रहेको सो गीतमा मोडल रोसन तामाङ्ग, सुनसानी थिङ्ग र रमेश रिजालले अभिनय गरेका छन ।
 सह–अभिनेताहरुमा रवि जिम्बा, तोकराज लो, साजन घलान, संजिता क्षेष्ठ, नुमा गुरुङ्ग र र्धमराज सुवेदि रहेका छन । मकवानपुरको उत्तरी भेग थाहा नगरको पर्यटकीय क्षेत्र डाँडावास, दामन, पालुङ्ग, लगायत ठाउँलाई समेटि तयार गरिएको म्यूजिक भिडियो श्याम गौतमको छायांकन, लालकाजी क्षेष्ठको एरेन्जर, गायक मुक्तिनाथ उप्रेति र रिसु सरगमको लयमा , रमित आलेको सम्पादन रहेको छ भने नृत्य निमार्ण थाहाकला केन्द्रको रहेको छ ।

 थाहा कला केन्द्रले यस अघि पनि ‘यति यति पानी.......... बोलको गीतको कभर म्यूजिक भिडियो आफ्नै युट्युव च्यानल थाहा कला केन्द्रबाट सार्वजानिक गरिसकेको छ ।  छोटो समयमा थाहा कला केन्द्रको प्रस्तुतीले आम दर्शकको मन जित्न सफल भएका कारण समाजमा केहि नयाँपन देखाउनु पर्छ भन्ने उद्देश्य अनुरुप फिल्म समेत निमार्ण गर्न लागिरहेको केन्द्रका अध्यक्ष मुक्तानले बताए ।




0 comments

Write Down Your Responses