Powered by Blogger.
यसरी भयो इन्द्रसरोवर काव्य उत्सवमा हंगामा (२० तस्बिर सहित)

कार्यक्रमका प्रमुख अतिथी एमाले वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाललाई मायाको चिनो प्रदान गर्दै गाँउपालिका अध्यक्ष जीवन लामा
मार्खु (मकवमानपुर) । उत्तरी मकवाननपुरको मानवनिर्मित प्राकृतिक मनोरम ताल इन्द्रसरोवरमा ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ भव्य रुपमा सम्पन्न भएको छ । 

इन्द्रसरोवर गाँउपालिकाको आयोजनामा यही फागुन १८ र १९ गते भएको काव्य उत्सवको नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए ।

उत्सवमा काठमाडौं तथा हेटौंडाबाट आएका कविहरुले इन्द्रसरोवरको डुङ्गामा शयर गर्दै पानी माथि रहेको घरबाट कविता वाचन गरेका थिए । 

पर्यटकीय हिसावले प्रचुर संभावना रहेर पनि ओझेलमा परेको उत्तरी मकवानपुरको इन्द्रसरोबर गाँउपालिकाको आयोजना र अन्य केही सहयोगी संस्थाहरुको संयोजनमा कुलेखानी मार्खुमा सम्पन्न ‘इन्द्रसरोबर काव्य उत्सव’ अत्यन्त उत्साहका साथ सफल भएको गाँउपालिकाका अध्यक्ष जीवन लामाले बताए । 

पर्यटन साहित्यको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको ऐतिहाँसिक कार्यक्रममा आक्कल झुक्कल कविता र गीत समेत रचना गर्ने एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री खनालले आफ्नो कविता समेत वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

३ दर्जन कविहरु ईन्द्रसरोवरमा भेला भई डुङ्गामा दिप प्रज्वलन सहित कविता वाचन हुँदै गर्दा उक्त दृष्य साह्रै मनमोहक बनेको मात्र थिएन माहोल पुरै काव्यिक बनेको थियो । 

काव्य उत्सवमा देशका विभिन्न स्थानबाट करिव ३ दर्जन कविहरु ईन्द्रसरोवरमा पुगेका थिए । काव्य उत्सवको अवसरमा माविस्तरीय कविता प्रतियोगितामा समेत भएको थियो । उक्त प्रतियोगिता ४ जना  विद्यार्थी उत्कृष्ट भएका छन् । 

६ माविका १२ जना सहभागि भएको प्रतियोगितामा सुशिला वाईबा वत्सलादेवी मावि, अनिता लामा कालिदेवी मावि, निरुता कार्की महाचुनी मावि र नविन गोले सरस्वति बाल बोधनी मावि उत्कृष्ट भएका छन् । 

कार्यक्रममा कवि निमेश निखिलले मकवानपुरको पर्यटन र साहित्यमा अवसर, चुनौति र सम्भावना विषयक कार्यपत्र समेत प्रस्तुती गरेका थिए । 

कार्यक्रममा प्रदेश सभाका सांसद मुनु सिग्देल र कुमारी मोक्तान, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, नेपाल पत्रकार महासंघ काठमाडौ. शाखाका अध्यक्ष शन्तराम बिडारी, स्थानीय राजनीतिककर्मी तथा समाजसेवी रामचन्द्र बल लगायतको उपस्थिति थियो ।

सो अवसरमा कविहरु ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइबा, नवराज पराजुली, निमेष निखिल, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, विप्लव ढकाल, संगीत श्रोता, सुदेश सत्याल, हेमन यात्री, चन्द्र तामाङ, रोशन पुन लगायतको सहभागीता रहेको थियो । काव्यिक वातावरणसंगै जमेको माहोलले हंगामा सृजना गरेको थियो । कार्यक्रममा स्थानीय कवि शान्तलाल लामा र रश्मिमाया लामाले पनि कविता प्रस्तुत गरेका थिए । 

पत्नि रभिलक्ष्मी र छोरा निर्भीक लगायत केही सचिवालय टिम सहित इन्द्रसरोवर पुगेको वरिष्ठ नेता खनालको टिम सहित साहित्यकारहरुको टोलिले डुङ्गा शयरको आनन्द समेत लिएको थियो । 

कार्यक्रम आयोजना गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै आयोजकका तर्फबाट स्थानीय समाजसेवी तथा राजनीतिकर्मी रामचन्द्र बल, नेपाल पत्रकार महासंघ काठमाडौका अध्यक्ष तथा स्थानीय थाहा नगरपालिका–६का शन्तराम बिडारी, गोरखापत्र राष्ट्रिय दैनिकका पत्रकार दिपक विहिन तथा नेपाल पत्रकार महासंघ काठमाडौ. शाखाका अतिरिक्त  क्रियाकलाप विभाग संयोजक एवं प्रेस चौतारी काठमाडौंका सदस्य श्यामराज पाठकलाई आयोजकका तर्फबाट खादा ओढाएर सम्मान गरिएको थियो । 

दोस्रो दिनको कार्यपत्र प्रस्तुती सत्रमा प्रमुख अतिथीका हैसियतले मन्तव्य राख्नुहुँदै एमाले वरिष्ठ नेता खनाल

इन्द्रसरोवरमा डुङ्गा शयरबाट आनन्द लिँदै प्रमुख अतिथि खनाल

डुङ्गा शयरमा रमाँउदै पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव रामचन्द्र बल र नेपाल लोकतान्त्रिक तामाङ संघका केन्द्रीय सदस्य लोप्साङ तामाङ

आयोजकबाट सम्मानपछि कलाकार राजु लामा र नेकपा एमाले इन्द्रसरोबर गाँउपालिकाका संयोजक डिके पुडासैनीका साथमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अतिरिक्त क्रियाकलाप विभाग संयोजक श्यामराज पाठक

डुङ्गाबाट कवितासुन्न सरोवरको बीचमा रहेको घरतर्फ जाँदै उमाले काठमाडौंका युवा नेता रामेश्वर श्रेष्ठ, थाहानगरपालिकाका कवि बिर्खे अन्जान लगायत अन्य सहभागिहरु

आफ्नो रचना प्रस्तुत गर्दै स्थानीय विद्यार्थी

आयोजकबाट सम्मान ग्रहण गर्दै गोरखापत्र दैनिकका पत्रकार दीपक विहिन

डुङ्गाबाट कविता वाचन गर्दै कवियत्री उषा शेरचन

आफ्नो रचना वाचन गर्दै प्रमुख अतिथी खनाल

मञ्चमा जीवनससंगीनी रविलक्ष्मी चित्रकार र एमाले मकवानपुरका अध्यक्ष एवं प्रदेश सभा सांसद मनु सिग्देलका साथ प्रमुख अतिथी खनाल

हास्य मुद्रामा कवि तथा पत्रकार फुलमान बल लगायत अन्य कविहरु

आफ्नो कविता बुलन्दीका साथ प्रस्तुत गर्दै कवि प्रोल्लास सिन्धुलीय

गाँउपालिकाका प्रशासकिय अधिकृत समेत रहेका कवि रोशन पुन

मञ्चमा आशिन  कार्यक्रमका विशिष्ट व्यत्तित्वहरु

वडाध्यक्ष चिरञ्जीवी पोडेल,नख्खुजेल विद्रोहका तत्कालिन नेता वरिबहादुर लामाकी सुपुत्री श्रमिक लामा, गाँउपालिका अध्यक्ष जीवन लामा लगायत अन्य सहभागीहरु प्रमुख अतिथिसंग

व्यग्रतापूर्वक डुङ्गामा बसेर कविता सुन्दै पत्रकार महासंघ भक्तपुर साखाका पुर्व उपाध्यक्ष सोम शर्मा र पत्रकार दीपक विहिन

सामुहिक फोटोसेसनमा कविहरु 

वत्तिले झिलिमिलि इन्द्रसरोवरको दृष्य


गाँउपालिकाका अध्यक्ष जीवन लामा डुङ्गामा बसेर सहभागिहरुको तस्विर आफ्नो मोवाइलमा कैद गर्ने प्रयास गर्दै 


केही तस्बिरहरुः राज शाह, सर्वनाम

0 comments

Write Down Your Responses