Powered by Blogger.
फाखेलका जनताले गर्दा नै यो परिवर्तन भएको होः खनाल


फाखेल(मकवानपुर) । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको परिवर्तनमा मकवानपुर जिल्लाका फाखेलवासी जनताको महत्वपूर्ण योगदान रहेको बताएका छन् । 

मकवानपुरको इन्द्रसरोवरमा फागुन १८ र १९ मा भएको इन्द्रसरोवर काव्य उत्सवमा प्रमुख अतिथिका हैसियतले सहभागिता जनाउने क्रममा त्यसअघि भएको एक अलग्गै कार्यक्रममा नेता खनालले यस्तो बताएका हुन् । 

कार्यक्रम स्थल इन्द्रसरोवर पुग्नु अघि फाखेलका एमाले नेता तथा कार्यकर्ताहरुले वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री झलनाथ खानालको भव्य स्वागत गरेका थिए । उनीहरुले सहभागीहरुलाई खादा तथा पुष्पगुच्छाद्धारा स्वागत गर्दै मिठो आतिथ्यता प्रदान गरेपछि एक संक्षिप्त कार्यकर्ता भेटघाट  तथा चियापान कार्यक्रम सम्पन्न भएको थियो । 

सो परिचयात्मक भेटघाट कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव, पर्यटन तथा उद्योग विभाग प्रमुख एवं एमाले मकवानपुर जिल्ला सचिवालय सदस्य रामचन्द्र बल, एमाले जिल्ला सचिवालय सदस्य गौतमवुद्ध लामा, प्रेस चौतारीका केन्द्रीय सदस्य शन्तराम बिडारी, युवा संघ नेपालका केन्द्रीय सदस्य निर्भिक चित्रकार खनाल, काठमाडौंका युवानेता रामेश्वर श्रेष्ठ, ३ नम्बर प्रदेश सम्पर्क समन्वय संगठन कमिटीका सल्लाहकार दीपक श्रेष्ठ, नेपाल लोकतान्त्रिक तामाङ संघका केन्द्रीय सदस्य चन्द्र तामाङ, लोप्साङ लामा, प्रेस चौतारीका काठमाडौ सदस्य श्यामराज पाठक लगायतको सहभागिता रहेको थियो । 

एमाले जिल्ला कमिटी सदस्य जीवन लामाले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता वडा कमिटी संयोजक धनविर स्याङ्तानले गरेका थिए । 

२०३३ सालको चर्चित नख्खु जेल बिद्रोहपछि झापाली कम्युनिष्टले सेल्टर लिएको ऐतिहासिक भूमि फाखेल गाँउमा आइपुग्दा आफुलाई ति भुमिगत दिनको सम्झना आएको कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए । त्यतिबेला आम फाखेलवाशीले  गरेको योगदान स्वरुप नै अहिलेको परिवर्तन र वाम गठवन्धनको सरकार बन्ने अवस्थासम्म आइपुगेको भन्दै उनले आम फाखेलवाशी बधाइका पात्र भएको उल्लेख गरे । 

२०३७ सालमा नेकपा (माले) को केन्द्रीय कमिटीको भुमिगत बैठक बसेको सम्झना गर्दै एमाले वरिष्ठ नेता खनालले  भने, ‘हामीलाई अत्यन्त श्रद्धापुर्वक स्वागत गर्नुहुने आम फाखेलवाशी दाजुभाई दिदिबहिनी तथा आमा बुबाप्रति विशेष कृतज्ञता प्रकट गर्दछु ।’  

कार्यक्रममा जिल्ला कमिटी सदस्य जीवन लामाले फाखेलमा कम्युिनष्ट पार्टीका नेताहरुले सेल्टर लिएको ओढार, केन्द्रीय कमिटी बैठक बसेका घरहरुको संरक्षण र प्रचार प्रसार गर्ने कामको अगुवाई अब गाँउपालिकाको तर्फबाटै गरिने बताउँदै ति संरचनाको संरक्षण गरी ऐतिहासिक पार्क निर्माण गरिने बताए । 

कार्यक्रमको अध्यक्षता गरेका धनवीर स्याङ्तानले ऐतिहासिक नख्खुजेल विद्रोहको अगुवा वीरबहादुर लामा अहिले आफुहरुसंग नहुँदा खल्लो लागेको अनुभव सुनाउँदै अबको सरकारले फाखेलको विकास र समृद्धिमा जोड दिएर पहिले पाखेलवाशीले लगाएको गुन तिर्नुपर्ने बेला आएको अवगत गराए । कार्यक्रममा स्वागत मन्तव्य वडाअध्यक्ष धनराज महर्जनले राखेका थिए । 








0 comments

Write Down Your Responses