Powered by Blogger.
नेपालः अब समृद्धिको नयाँ युगतर्फ


रामनारायण बिडारी 

नेपालमा संविधान सभावाट संविधान बनाउने उद्देश्य पुरा गर्न धेरै मेहनत गर्नु प¥यो । यसको चर्चा पटक पटक भै सकेको छ । हजारौ व्यक्तिको वलिदान संगसंगै अवधि पनि  करिव ७० वर्ष लाग्यो ।  फलस्वरुप संविधान  जारी भयो । 

यसको कार्यन्वयनको लागि पहिलो पटक नेपालमा संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संघिय संसद , प्रदेश संसद, स्थानियतहको निर्वाचन सम्पन्न भयो । यसले नेपाली जनताको मनोभावना समेत स्पष्ट पा¥यो । जुन कार्यका लागि कमरेड प्रचण्डको ठुलो योगदान छ । यो योगदानलाइ मुर्त रुप दिन कमरेड ओलीको ठुलो योजना छ । 

नेपालमा पहिलो पटक वामपन्थी गठवन्धन यो रुपमा बनेको हो ।  यो गठवन्धन पछि एउटै कम्युनिष्ट पार्टीको रुपरेखा हामीले तयार गरिरहेका छौं । तसर्थ अबका दिनमा मरेड ओलीले बढो सुझवुझ सहित काम गर्नु पर्ने वेला आएको छ । पार्टी गठन गर्दा आन्दोलनमा सक्रीयता र पृष्ठभुमि हेरेर गठन गर्नु पर्ने हुन्छ । छुट्टा छुट्टै पार्टीको हैसियतले मात्र होइन ।

सवै प्रकारका व्यक्तित्व अटाउने, योगदानलाइ सम्मान गर्ने त्याग र तपस्या हेर्ने गरि पार्टी गठन गर्नु  पर्छ । जनप्रीय, जनमुखि, जनमत समेत हेरेर व्यक्ति छानेर पार्टी गठन गर्नु पर्छ ।  यही पार्टीले यो देशमा समाजवादको नीति लागु गर्नु पर्छ ।  

पँुजिवादको विकास नै  समाजवाद हो । पुँजिवाद पछिको चरण समाजवाद हो । अहिले नेपालमा सामन्तवाद हारेर पुजिवाद स्थापना भएको हो । अव यो जनमतले समाजवाद तिर जान आग्रह गरेको छ । सामाजवाद विस्तारै साम्यवाद तिर जान्छ । किनकि समाजवाद साम्यवादको पहिलो चरण हो । 

समाजवादमा राज्यका उत्पादनका साधनहरु विस्तारै सामाजिक स्वामित्व हुन्छन् । श्रमिक वर्ग सम्मानित हुँदै जान्छन् । उत्पादनको न्यायपुर्ण वितरण हुन्छ । प्रत्येक व्यक्ति ज्यालादारी श्रमिक हुन्छन । राज्यले निशुल्क सेवाहरु उपलव्ध गराउँछ । व्यक्तिगत सम्पति भने रहीरहन्छ । जुन सुकै व्यवस्थापनमा श्रमिकको सहभागीता रहन्छ । तर  तत्काल एक दलीय अधिनायकत्वको सट्टा प्रतिष्पर्धात्मक समाजवाद नै हुनेछ । यसको निम्ती समाजवाद विरोधिको पनि अस्तीत्व रहन्छ । 

नेपालको संविधानले समाजवाद उन्मुख अर्थ तन्त्र भनेको छ । यसलाइ लागु गर्ने अठोट वाम गठवन्धनले गरेको छ । अव यो अभिभारा कमरेड ओलिलाई आइ परेको छ । कमरेड ओलि नै प्रधानमन्त्री हुनु भएको छ । 

कमरेड प्रचण्ड यो अभियानको प्रमुख सहकर्मी हुने परिस्थीति छ । कम्युनिष्ट पार्टी कसरी हाँक्ने भनेर यसको जिम्वेवारी कमरेड प्रचण्डले बहन गर्नुपर्ने  स्थिति छ । कम्युनिष्ट पार्टी ठिक संग हाँक्न सकियो भने सरकार ठिक संग चल्छ । सरकार ठिक संग चल्यो भने समाजवाद तिर देशको व्यवस्थापन हुन्छ । समाजवाद तिर देश अगाडि वढ्यो भने समाज विकास सम्वृद्धि तर्फ दौडन्छ र केहि वर्षमा नै नेपाल विकसित राष्ट हुन जान्छ । 

अनि पो यो देश वुद्धको देश, सगरमाथाको देश , पशुपतिनाथको देश भन्नेहरुले पनि बडो ठाडो शिरले गर्व साथ नेपाली भएकोमा गौरव गरेको सुहाउँछ । यहाँको जलश्रोत, प्राकृतिक श्रोत, पर्यटन विकास,कृषीको आधुनिकिकरण अब सुरु हुन्छ ।  

१८४८ मा माक्र्सले प्रतिपादन गरेको समाजवादी क्रान्तीको सिद्धान्तलाइ १९१७ मा लेनिनले मजदुर वर्गको नेतृत्वमा समाजवादी क्रान्ती सम्पन्न गरेका थिए । यसलाइ विकसित गर्दै चिनमा माओले किसानको नेतृत्वमा मजदुरको सहयोगमा नयाँ जनवाद हुदै समाजवाद तिर गएका थिए । नेपालमा अब भने नयाँ युग आएको देखिन्छ । 

किसान, मजदुर, निम्न वर्गीय समाज मिलेर एकै चोटी पँुजिवादी क्रान्ती पुरा गरी समाजवाद तिर जाने अठोट गरेको छ । यो राजनैतिक सैद्धान्तीक दृष्टीले संक्रमणकाल नै हो । वर्तमान चुनावको नतिजाले पँुजिवादी विचार राख्नेलाइ नराम्रो संग हार खुवाएको छ । यहा कस्ता उमेद्वार थिए भन्ने कुरा मतदाताले होस गरेनन् । स्थायी सरकार,समाजवादी सिद्धान्तलाइ हेर्दा वाम गठवन्धन नै उपयुक्त हो भन्ने ठहर गरे । 

सार्वजनिक सम्पति अभिवृद्धी गर्न सवै सदस्यको समान दायीत्व, श्रमलाइ प्रधानता र सवै सक्षमले अनिवार्य काम गर्नेै पर्ने, जीवन निर्वाहका साधन प्राप्ती हक नै हुने । हरेकको क्षमतानुसार काम, कामअनुसार क्षमता  (मुल्य) प्राप्त गर्नु समाजवादको आधारभुत सिद्धान्त हो ।  

नेपाल पुँजिवादी व्यवस्थामा रहेको छ । अव यो गठवन्धन कम्युनिष्ट पार्टिमा रुपान्तरण भै देशलाइ समाजवाद तर्फ लैजानु यसको कर्तव्य हो । यसमा विचार गर्नु पर्ने कुरा के छ भने हाम्रो देशको अर्थ व्यवस्था निजी सार्वजनिक र सहकारी हो । यसको कारण निजी अर्थ व्यवस्थालाइ निष्तेज पार्न भने तत्काल सकिँदैन । 

निजि अर्थ व्यवस्थालाइ मान्यता दिदै समाजवाद तर्फ जाने नीति वनाउनु यो सरकारको पहिलो चुनौति हो । लामो समय नेपालले केन्द्रीकृत शासन खेपेको, सामन्तवादी संस्कार भोगेको, एकल जातीय शासन चलेको अवस्थामा ओली र प्रचण्डलाइ यो समाजवादी समाज स्थापना गर्न र नेपाललाई गणतान्त्रीक पद्धती बमोजिम चलाउन सहज भने छैन । तर यै काम गर्न अनिवार्य पनि छ । 

यस्तो चुनौति र अवसर देशका जनताले एक जोडी कम्युनिष्ट नेतालाइ दिएको छ ।

के अव देशमा भ्रष्टाचार विस्तारै घट्छ ? अव औद्योगीक क्रान्ती हुन्छ ? के अव रेल चल्छ ? के अव विद्युत निर्यात हुन्छ ? नेपाली युवा स्वरोजगार हुन्छन् ? वा मुलुकले रोजगारी दिलाउँछ ? हो अब यसरी नै मुलुक समृद्धि तर्फ जान्छ । 

स्थानिय तहमा, प्रदेश स्तरमा साथै संघिय सरकारमा वहुमत भएको छ । यसको सदुपयोग गर्नु पार्टीका आम कार्यकर्ता तथा नेताको काम हो ।  अब मैले के पाँउछु भनेर आश गर्ने होइन की समाजलाइ के गर्ने भन्ने सवाल हो । 

समाज सप्रिए, म सप्रीने , समाज बिग्रिए, म पनि बिग्रने भन्ने कुरालाई मनन गर्नुपर्छ  । सप्रे सवै, विग्रे सवै समाजवाद । 

कानुन सवै नयाँ , संविधान नयाँ, नेता नया, अव काम पनि नँया । नयाँ काममा सवै जाने मेलो सुरु भएको छ । मुलुकले शताव्दी देखिको थोत्रो व्यवस्था सदाको लागी फालेको छ । अव देशका सबै श्रोत साधन समाजको हुने । समाज सिङ्गै देशको लागी हुने । दुवै छीमेकीको साझा साथी बन्ने गरि काम अगाडि वढाउनु पर्ने भएको छ ।

यसका लागी झापा विद्रोहवाट खारीएर आएका र जनयुद्धको कसिमा घोटीएका नायकहरुको सिप, क्षमता र सक्रीयतामा देश प्रगतितर्फ  देश लम्कीन्छ । 

किसान बिग्रीएका छन् । मजदुर बिग्रीएका छन् । यी दुइ वर्ग बिग्रीएकै अवस्थामा देश सप्रीन मिल्दैन । यसका नीम्ति कानुन, बजेट आवश्यक छ ।

प्रतिपक्षले पनि देश मेरो हो भन्ने सोचेर सकारात्मक भुमिका निभाउनु आवश्यक छ । प्राय सत्तामा वसेको काँग्रेस अहिले प्रतिपक्षमा रहन पनि अभ्यास गर्न जरुरी छ । यसको लागी उसका कमी कमजोरी जनताले पुनः सुधार गर्न अपिल गरेको पनि हो यो जनमत ।

सवैको सद्वुद्धीले देश विकास होस ,  सारा नेपालीको यही सुभेच्छा छ । जीतेका र पराजित भएका सवैलाइ शुभकामना छ । सवै जित र सवै हार देशको जित मान्नु पर्छ  । लोकतन्त्रवादी सवैले जनमत स्विकार्नुको विकल्प छैन । 

अन्तमा दिवंगत गुरु रुदाने, माता पिता मित्रुप्रेम, मकवानपुरका जनता, कम्युनिष्ट पार्टीका आदरणीय नेता प्रचण्ड र केपी ओली सहितका इमान विवेक भएका सवै नेता, देश भरका जीवन विषयी वुद्धिजिवि, हातमा ठेला उठेका श्रमिक, सामाजिक परिवर्तनकारी नारी तथा सम्माननीय राष्टपतिज्यु समेतमा आभार तथा श्रद्धा सहित देश र जनताको हितका खातिर काम गर्न सक्ने प्रेरणा र शक्ति जगाउने वातावरण जनशक्तीले प्राप्त गरुँ भन्ने सपथ जनताको नाममा लिइयो । 

संविधान जारी गर्न जे मेहनत गरियो, यसको ठिकसंग कार्यन्वयन गर्न त्यहि मेहनत गरिने प्रविद्धता सहित आभार व्यक्त गर्दछु । 
  
(वरिष्ठ अधिवक्ता बिडारी राष्ट्रिय सभाका सदस्य हुन् । )

0 comments

Write Down Your Responses