Powered by Blogger.
क्रान्तिकारी पत्रकार संगठन काठमाडौंमा नयाँ नेतृत्व, पत्रकार महासंघ काठमाडौंले दियो शुभकामना

काठमाडौँ । क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले करण बडालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

सम्मेलनको बन्दशत्रबाट उपाध्यक्षमा शैलेश डंगोल, सचिवमा सुरज प्याकुरेल, सहसचिवमा केशव भुल र कोषाध्यक्षमा शम्भु दंगाल निर्वा्चित भएका छन् ।
त्यस्तै सदस्यहरुमा मोटीभेट न्यूज सम्पादक सोभराज बराल, कान्तिपुर पब्लिकेशनका नारायण सुवेदी, रेडियो मिर्मिरेमा कार्यरत मिक्साङ वाइवा, अनलाइन पाना डटकम सम्पादक नारायण अधिकारी, सुमन जोशीसहितका ३५ जना चयन भएका छन् ।

केन्द्रीय सम्मेलनको तयारी भइरहेका बेला क्रान्तिकारी पत्रकार संगठन नेपालले देशभर जिल्ला सम्मेलन गरिरहेको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी्निकट रहेका क्रान्तिकारी पत्रकारहरु आबद्ध उक्त संगठनको राष्ट्रिय सम्मेलन आउँदो बैसाख १५ र १६ गते काठमाडौंमा हुँदैछ । काठमाडौँको दोश्रो सम्मेलनमा संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउने प्रमुख अथिति रहेका थिए, भने नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी धिरिन्द्रा उपाध्याय बिशेष अथिति रहेकी थिइन् । यस्तै सम्मेलनको उद्घाटन सत्रमा न्युनतम पारिश्रमिक निर्धारण समितका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, महासंघ केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठन नेपालका उपत्यका संयोजक जन्मदेब जैसीले सम्मेलन सफलताको शुभकामना दिंदै सार संक्षेपमा आफ्ना भनाई राखेका थिए ।

यस्तै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारी, महासंघ केन्द्रीय सदस्य तथा प्रेस युनियन काठमाडौँ अध्यक्ष नकुल अर्याल, प्रेस चौतारी नेपाल काठमाडौ उपाध्यक्ष विष्णु आचार्य, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति सदस्य मिराराज भण्डारी लगायतका अथितिहरुले मन्तब्य राख्दै सम्मेलनबाट बन्ने नया कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए।

यस्तै सम्मेलनबाट नव निर्वा्चित कार्यसमितिको प्रथम बैठक बसी आगामी दिनमा श्रमजीवी पत्रकारहरुको हक हितका लागि निरन्तर आन्दोलन सञ्चालन गर्ने, साना लगानीका मिडियाको संरक्षण र बिकाशका लागि आबस्यक पहल गर्ने, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति निरन्तर संघर्ष गर्ने निर्णय गरेको छ ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा काठमाडौँ साखाका निबर्तमान अध्यक्ष मानध्वज लामा ‘सागर’को अध्यक्षतामा अनामनगर स्थित संवाद डबलीमा भएको सम्मेलन उद्घाटन सत्रको सञ्चालन संगठनका निबर्तमान सचिब तथा पत्रकार महासंघ काठमाडौँ साखाका सहसचिव रामसरण माझीले गरेका थिए ।


0 comments

Write Down Your Responses