Powered by Blogger.
साहित्यकार मालिका केसरीको कृतिमाथी बहस


काठमाडौ । साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’ बारे राजधानीमा अन्तरसंवाद कार्यक्रम भएको छ । 

अन्तरसंवाद कार्यक्रममा प्राध्यापक राम प्र. ज्ञवाली,समालोचक राम लोहनी र साहित्यकार अमर न्यौपानेले पुस्तकका बिषयमा बोलेका थिए ।

अन्तर सम्वाद कार्यक्रममा बोल्दै उनीहरुले केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यान आकर्षण गर्ने विस्वास व्यक्त गरेका थिए । उपन्यासकार अमर न्यौपानेले उपन्यासको भावपक्ष शसक्त भएपनि उपन्यास लामो भएको तर्क गरे । 

त्यस्तै साहित्यकार डा. रामप्रसाद ज्ञवालीले उपन्यास सुवर्णलतामा पाठकको ध्यान सुरुदेखि अन्त्यसम्म तान्ने तागत रहेको बताए ।

कार्यक्रममा समालोचक राम लोहनीले उपन्यास सुवर्णलता सरल भाषामा बगेको र बौद्ध दर्शनलाई समेत उतारिएकाले सबैले बुझ्नसक्ने कृति बनेको बताए । उनले भने,‘सुवर्णलतामा दुईवटा फरक कथा छ । एउटा पक्ष बर्तमान केन्द्रित छ भने अर्को बौद्धकालीन समयमा डुलेकोे छ । 

लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ उर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताएका थिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे ।

 उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

0 comments

Write Down Your Responses