Powered by Blogger.
थाहा नगरका पत्रकारको सबैतिर प्रभाव फैलिँदै


काठमाण्डौं । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका करिव ७० जना पत्रकार देशका बिभिन्न क्षेत्रमा क्रियाशिल रहेको पाइएको छ । 

राष्ट्रियदेखि क्षेत्रियस्तरमा समेत थाहाका पत्रकारहरुले राम्रो स्थान हासिल गर्न सकेको देखिएको हो । 

थाहा काठमाडौँ पत्रकार समाजले गरेको एक प्रारम्भिक अध्ययनले राजधानी काठमाडौसहित देशका बिभिन्न जिल्लामा क्रियाशिल रहेका थाहानगरबासी पत्रकाहरुको संख्या ७० भन्दा बढि रहेको देखिएको हो । 

२५ को हाराहारीका पत्रकारले यहि पेशालाई जिविकोपार्जनको माध्यम बनाएका छन् । 

१० को हाराहारीमा पार्ट टाईमका रुपमा पत्रकारितालाई निरन्तरता दिइरहेका र अन्य पत्रकारिता अध्ययन गरिरहेकाहरुको समेत संख्या ७० भन्दा बढि रहेको तथ्याङ्कले देखाएको छ । 

थाहा दुईका पत्रकाहरुको संख्या धेरै रहेको पाइएको छ । ९, १०, ११ र १२ मा तुलनात्मक रुपमा कम रहेको पाइएको छ ।   राजधानी काठमाडौँमा मात्र १२ भन्दा बढि क्रियाशिल छन् । 

थाहा नगरपालिकामै रहेका स्थानीय रेडियो र दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा क्रियाशिल पत्रकाहरुको संख्या १५ को हाराहारीमा रहेको जनाइएको छ ।  पत्रकारहरुको क्षमता अभिवृद्धि र गुणात्मक पत्रकारिताका लागि समाजले विशेष कार्यक्रमा ल्याउने संस्थाले जनाएको छ । 

पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक, व्यवसायिक ज्ञानका साथै रोजगारीको अवसर सिर्जन गर्नका लागि गृहकार्य भइरहेको छ । 

राजधानीमा सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, नेपाल टेलिभिजनसहित, नीजि क्षेत्रका सञ्चारमाध्यमहरुमा कम्युनिकेशन कर्नर उज्यालो, नेपाल एफएम नेटवर्क, र विभिन्न अनलाईनहरुसहितका बिभिन्न पत्रपत्रिकामा थाहाका पत्रकारहरुको संलग्नता रहेको पाइएको छ । 

नेपाल पत्रकार महासंघका जिल्ला शाखा, एसोसियट शाखा, प्रतिष्ठान शाखाहरुमा पनि थाहाको प्रतिनिधित्व उत्साह जनक नै पाइएको समाजका अध्यक्ष बैकुण्ठ ढकालले जानकारी दिए । 


0 comments

Write Down Your Responses