Powered by Blogger.
कानुनमन्त्री तामाङ पुगे पुष्पलाल पार्क


काठमाडौं । नवनियुक्त कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्गले नेपकल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ । 

मन्त्री तामाङ पदबहाली लगत्तै कीर्तिपुर नगरपालिका वडा नं. ४, चम्पादेवी स्थित पुष्पलाल स्मृति प्रतिष्ठानको पार्क परिसर स्थित पुष्पलालको शालिकमा माल्यार्पणका लागि  पुग्ुनभएको थियो । 

उहाँले आफू पनि पुष्पलालको अनुयायी रहेको हुँदा सबै भन्दा पहिले मन्त्री पदको सपथ पश्चात् कमरेड पुष्पलालको शालिकमा माल्यार्पण गरि आफ्नो कार्यको सुरुआत गर्नु पर्छ भन्ने अभिप्रायले पार्कमा आएको बताउनु भयो । 

छोटो मन्तब्यको क्रममा उहाँले पुष्पलाल जस्तो अग्रणी नेताको नाममा बन्न लागेको पुष्पलाल मध्य पहाडी लोकमार्गलाई रामेछाप जिल्लाको भँगेरी स्थित पुष्पलालको जन्म स्थान पुर्याउन आफू लागि परेको बताउनु भयो । 
पुष्पलाल प्रतिष्ठानका विकास निर्माण र कमरेड पुष्पलालले देखाउनु भएको बाटोमा लागि नेपाल र नेपाली जनताको सेवा गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो । 

 मन्त्री तामाङलाई प्रतिष्ठानका कोषाध्यक्ष मोहन बहादुर के.सी., सदस्यहरु रत्न महर्जन, बद्री बुढाथोकी, कार्यालय सचिव बुद्ध महर्जनले स्वागत गर्नु भएको थियो । 

यसैगरी कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का पनि मन्त्री तामाङको स्वागतका लागि पुष्पलाल पार्कमा पुग्नु भएको थियो । 



0 comments

Write Down Your Responses