Powered by Blogger.
टाटु कलामा जम्दैछिन् हेटौंडाकी चेली सुुमिना


काठमाडौं । पेन्टिङ भन्दा टाटू धेरै गाह्रो काम हो । थोरै केटी मानिसले टाटूको काम गरेको पाईन्छ । गरेपनि अधिकांशले घरायासी समस्या र वैबाहिक सम्बन्धका कारण आफ्नो ब्यवसाय छाड्ने गरेको पाइन्छ । 

आफुले यो ब्यवसाय नछाड्ने र भविष्यमा आफु जस्तै थुप्रैलाई यस ब्यवसाय प्रति आकर्षित गराउने र यसै ब्यवसायमा आत्मनिर्भर बनुन् भन्ने सोच राख्ने टाटू आर्टिष्ट सुमिना श्रेष्ठको कथा भने यो भन्दा फरक छ । 

उनले फाईन आर्टमा प्लस टु गरेकी छिन् । पहिले चित्रकलामा मात्र रुचि राख्ने सुमिना श्रेष्ठ यतिबेला टाटूलाई पनि संगसंगै अगाडी बढाईरहेकी छिन् । 

टाटूमा उनको आफ्नै अनुभव छ । हेटौंडा १८, हर्नामाडीकी स्थानिय सुमिना श्रेष्ठ चलचित्रको रङ्गीन पर्दा हुँदै पछिल्लो समय टाटू आर्टिष्टको रुपमा आफ्नो पहिचान बनाउँदै छिन् । नेपालमामात्र होईन, अन्यत्र  पनि उनको माग बढ्दो छ । 

सुमिनालाई मन पर्ने अर्को पक्ष भनेको घुमघाम पनि हो । 

थुप्रै प्रतियोगिताहरुमा सहभागि भई दर्जन भन्दा बढि सम्मान र पुरस्कार हात पारिसकेकी सुमिना भन्छिन् ‘ब्यवसाय जुनसुकै होस् सफलता पाउँन मिहेनत र धैर्यताको आवश्यक पर्दछ ।’





0 comments

Write Down Your Responses