Powered by Blogger.
राष्ट्रिय अध्यक्षमा लियो विशाल रिजालद्धारा उमेद्वारी


काठमाडौं । लायन्स क्लब अन्तरास्ट्रिय , लायन्स जिल्ला ३२५ बि१ नेपाल अन्तर्गतको लियो जिल्ला परिषद् ३२५ बि १ को वर्ष २०१८ ( २०१९ का लागि राष्ट्रिय अध्यक्षमा लियो विशाल रिजालले उमेदवारी दिएका छन् । 

लियो क्लब अफ काठमाडौ वालाजू हाईटको प्रस्ताव र काठमाडौं, मकवानपुर , नुवाकोट, धादिङ्ग, लगायतका जिल्लाहरुको २० भन्दा बढि लियो क्लबहरुको समर्थनमा रिजालले उमेदवारी दर्ता गराएका हुन । 

काठमाडौको सामाखुसी स्थित स्काई पार्टि प्यालेसमा भएको उमेदवारी दर्ता कार्यक्रमा बोल्दै उमेदवार रिजालले परिषद्का ६५ ओटा क्लबमा रहेका १७०० भन्दा बढि युवाहरुको जोश र जाँगरलाई कुशल नेत्तत्व प्रदान गरी थप उर्जा सहित सामाजिक कार्यमा प्रोत्साहन गर्दै लियो परिषदलाई सकारात्मक उचाइमा पुर्याउन आफु प्रतिवद्ध रहेको  बताए । 

जिल्ला परिषदमा भित्र कुशल , इमानदार र भिजन भएका नेताको रुपमा राम्रो छवि बनाएका रिजाल लियो क्लब अफ काठमाडौ वालाजू हाईटमा ९ वर्ष देखि सक्रिय सदस्य रहि विगत ७ वर्ष देखि परिषदको विभिन्न पदमा आफ्नो कुशल क्षमता प्रदर्शन गर्न सफल भैसकेका छन । 

रिजाल अध्यक्ष पदका लागि एक्लो उमेदवार भएपनी अध्यक्ष पदका लागी रिजालले आगामि वैशाख ८ गते पोखरामा सम्पन्न हुने लायन्स ( लियो परिषदको छैठौं महाधिवेशनमा विश्वासको मत हासिल गर्नुपर्ने हुन्छ ।

 लायन्स वर्ष २०१७(१८ मा उपाध्यक्ष पदमा निर्वाचित लियो विशाल रिजालले जिल्ला परिषदलाई नयाँ सकारात्मक उचाइ दिन सक्ने र आफ्नो कुशल नेतृत्व मार्फत लियोहरुलाई सकारात्मक समाज निर्माणमा अझ बढी अग्रसर गराउन सक्ने बताउदै जिल्ला  परिषदका ३२५ बि १ का पूर्व अध्यक्ष लियो अशोक पौडेलले रिजालको पक्षमा शतप्रतिसत विश्वासको मत दिनुहुन सम्पूर्णमा अनुरोध गरे ।

0 comments

Write Down Your Responses