Powered by Blogger.
काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रमुख सचेतकमा घले

हेटौंडा, १४ चैत / नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतकमा राधा घलेलाई चयन गरेको छ ।
संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो । त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुसाशन समितिको संयोजकमा विजुला बर्मालाई चयन गरेको छ ।
बैठकले प्रदेशमा बन्ने ५ वटा विषयगत समिति मध्ये काँग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दलको तर्फबाट  न्हुच्छेनारायण श्रेष्ठको उम्मेदवारी दिने निर्णय गरेको सदस्य सचिव निमा लामाले जानकारी दिनुभएको छ । 
त्यस्तै बैठकले हालै भएको यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै घाईतेको उपचार र मृतकलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले कांग्रेसले नेता खुमबहादुर खडकाको स्वास्थ्य अवस्थाको जानकारी लिन ३ नम्बर प्रदेशको ससदीय दलको तर्फबाट दलका नेता ईन्द्रबहादुर बानियाँ र डा। राजाराम कार्कीलाई यही चैत १७ गते भारत पठाउने निर्णयसमेत गरेको सदस्य सचिव लामाले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses