Powered by Blogger.
बानियाँद्वारा उपचार खर्च ५० हजार सहयोग

हेटौंडा, १४ चैत / नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले बुधबार एक विरामीलाई ५० हजार रुपियाँ उपचार खर्चस्वरुप सहयोग गर्नुभएको छ ।
गत बैशाख २३ गते मोटरसाईकल दुर्घटनामा मेरुदण्ड भाच्चिएका हेटौंडा ९ पशुपतिनगर निवासी २२ वर्षिय बिवल पोखरेललाई नेता बानियाँले उपचारमा केही सहज होस् भनी नगद ५० हजार रकम उपचार खर्चबापत सहयोग गर्नुभएको हो ।
नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरको छैठौं जिल्ला अधिबेशन स्थलमानै भेटेर पीडित पोखरेललाई बानियाँले सो रकम हस्तान्तरण गर्नुभएको हो ।
एच।ए। को तयारी गरिरहेको बेला दुर्घटनामा परेका पोखरेलको उपचार गर्दा १३ लाख रुपियाभन्दा बढी रकम सकिसकेको र हाल केही सुधार भई लठ्ठीको सहायताले भित्रबाहिर गर्ने गरेको पोखरेलले बताए ।

0 comments

Write Down Your Responses