Powered by Blogger.
खुल्ला लोकदोहोरी प्रतियोगितामा आधार एकता संस्कृति संरक्षण काभ्रे प्रथम

रुपक कालिराज
मकवानपुर ।  हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल र बागमती गाउँपालिकाले यही चैत्र ८ गते देखि १३ सम्म संचालित खुल्ला लोकदोहोरी प्रतियोगितामा आधार एकता संस्कृति संरक्षण काभ्रे प्रथम भएको छ । 

मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव ” को मुख्य आकर्षणको रुपमा रहेको खुल्ला लोक दोहारी प्रतियोगितामा देशैभरिबाट १२ टोलिको सहभागिता रहेको थियो ।
प्रतियोगितामा काठमाण्डौँ रोधीघर काठमाण्डाँै द्धितिय, आधार एकता संस्कृति संरक्षण काभ्रे ‘क’ तृतिय र धादिङ्गले सान्त्वना पुरस्कार पाएका छन् । 

प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार सहित सिल्ड, प्रमाणपत्र, द्धितिय हुनेलाई नगर २० हजार सहित सिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी तृतीय हुनेले रु १० हजार नगद सहित सिल्ड, प्रमाणपत्र र सान्त्वना हुनेले प्रमाणपत्र पाएका थिए । 

कार्यक्रममा लोक तथा दोहोरी गायक बद्रि राउतले लोक तथा दोहोरी गीतको प्रवद्र्धन र विकास गर्न गरेको प्रतियोगिता अत्यन्तै महत्वपूर्ण र सराहनीय भएको बताउनु भएको थियो । 

सो प्रतियोगितामा लोक तथा दोहोरी गायक देव सहनी, रामकुमार सापकोटा, बद्रि राउतले निर्णायकको भुमिका निभाउनु भएको थियो । गायक तथा वाद्यवादकका कलाकारकाहरु हिमाल स्याङतान्, वसन्त विसि, टेक बहादुर विसि र भिम विसि रहेका थिए ।   

संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक टेक बहादुर डिम्ढुङ्खले मकवानपुरमा पहिलो पटक भएको प्रतियोगिताले मकवानपुरको फापरबारीलाई मात्रै नभई सम्रग जिल्लालाई चिनाएको बताए । उनले भने,“राम नवमी मेलामा नयाँपन ल्याउने र केहि कला गलालाई उजागर गरि यसभेगलाई चिनाउने उद्देश्य थियो सो पुरा भएको छ ।”

सो प्रतियोगिताको समापन कार्यक्रमका अथितिहरुले खुल्ला लोकदोहोरी प्रतियोगितामा मार्फत दोहोरी क्षेत्रकै सम्मान गरेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । सो प्रतियोगिताका संयोजक हेमन्त मगरले यस दोहोरी गीतको प्रतियोगिता प्रत्येक वर्ष गरिने जानकारी दिए । 

0 comments

Write Down Your Responses