Powered by Blogger.
प्रदेश नम्बर ३ को संयोजकमा चयन भएका रमेश बन्जराले यसो भने...

मकवानपुर / नेपाली रेडियो नेटवर्कमा आबद्ध रेडियोकर्मीहरूको प्रदेश नम्बर तिनको भेलाले रेडियो आकाश गंगाका रमेश बंन्जरालाई प्रदेश नम्बर ३ को संयोजकमा चयन गरेको छ । 

दामन पोष्टले अबको योजना के छ ? भनेर गरेको प्रश्नमा बन्जराले भने,‘ संचारकर्मीहरूलाई परेको समस्यालाई समाधानको बाटो खोज्नु नै मेरो पहिलो काम हुनेछ । समाचार सूचनालाई पारदर्शी बनाउने, रेडियो, संचालनमा संचालकहरूलाई परेको असहजता लाई छलफल गरी निकास निकाल्ने लगायतका काम गर्नेछु ।’

उनले थपे,‘देश संघिय संरचनामा गए पछि पत्रकारले खेल्ने भुमिका लगायतका बिषयमा बहस चलाऊने, संचारकर्मीहरूलाई समय समय तालिमको आयोजना गर्ने समेत आफ्नो योजना रहेकोछ ।’

काठमान्डौमा सम्पन्न भेलाले बन्जराको अध्यक्षमा ९ सदस्य प्रदेश कमिटि चयन गरेको हो । उक्त कमिटिमा ड्रीम्स एफ एम चितवनका राजू साप्कोटा र रेडियो काठमाण्डौका यू पी लामिछानेलाई सहसंयोजक र सदस्यहरूमा रेडियो रसूवाका दिपक लामा सञ्जीबनी एफ एम नूवाकोटका श्रीराम नेपाल, रेडियो मस्ती भक्तपूरका बिपीन ढूङ्गाना रेडियो टप टाउन काभ्रेका कर्म लामा, स्वदेश एफ एम चितवनका देब अन्जान, रेडियो सिद्धबाबा सिन्धुलीका टिकाजंग थापालाई चयन गरेको छ । नेपाली रेडियो नेटवर्कले सातै प्रदेशमा भेला आयोजन गरी रहेको छ ।


0 comments

Write Down Your Responses