Powered by Blogger.
तामाङ सञ्चार समुहको अध्यक्षमा भोम्जनको उम्मेद्धारी

हेटौंडा,२३ फागुन ।  तामाङ सञ्चार समुह मकवानपुरको अध्यक्षमा शुभराज भोम्जनले उम्मेद्धारी घोषणा गरेको छ । समुहको फागुन २६ गते दोश्रो जिल्ला अधिबेशन हुने निर्णय भएसंगै भोम्जनले अध्यक्षको उम्मेद्धारी घोषणा गरेको हो । 

भोम्जनले मंगलबार राती सामाजिक सञ्जाल मार्फत अध्यक्षको उम्मेद्धारी घोषणा गरेको हो । बिगत ६ वर्ष देखि बिभिन्न सञ्चार माध्यममा  काम गर्दै आएका सञ्चारकर्मी भोम्जनले आफ्नो उम्मेद्धारी सहि र सबल नेतृत्वको लागि रहेको बताएका छन् । 

भोम्जनले जिल्लाका बिभिन्न सञ्चार माध्यममा कृयाशिल रहेका तामाङ सञ्चारकर्मीहरुलाई समेटेर लैजाने योजना रहेको बताएका छन् । भोम्जनल हाल शन्तिपुर दैनिक,ईसरोकार डटकम र भोमो खबर डटकममा कृयाशिल रहेको छ । 

सञ्चार समुहको अधिबेशनमा तिन नम्बर प्रदेशको उप सभामुख राधिका तामाङको प्रमुख आतिथ्यता रहने छ । त्यसैगरी प्रदेश सभासद कुमारी मोक्तान,प्रदिप घलान, गाउपालिकाका अध्यक्ष हिदम लामा,जिवन लामा,सर्केश घलान र टंक मोक्तान लगायत घेदुङका प्रतिनिधिहरुको आतिथ्यता रहने छ ।

0 comments

Write Down Your Responses