Powered by Blogger.
आदर्श कोलेनी टोल समितिद्धारा जनप्रतिनिधीको सम्मान


काठमाडौं । आदर्श कोलेनी टोल समितिको आयोजनामा जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रा सम्पन्न भएको छ । 

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ भंगालमा बिहिबार भएको कार्यक्रममा टोलवाशीका तर्फबाट जनप्रतिनिधीलाई बधाई तथा सम्मान गरिएको हो । 

कार्यक्रममा काठमाडौं   क्षेत्र  न.  ४   प्रतिनिधिसभा  सदस्य   गगन  थापा   प्रमुख   अतिथ्यता रहेको थियो भने  प्रदेश सभा सदस्य  कुसुम कार्की  र न्हुछे   नारायन   श्रेष्ठ विशेष अतिथिका रुपमा रहेका थिए ।    

टोल समितिका  अध्यक्ष  दर्शनकुमार   तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक पुरुषोत्तम ढकाल, पासाङ शेर्पा, समितिका सल्लाहकार लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सम्वोधन गर्दै प्रतिनिधी सभा सदस्य थापाले स्थानीय जनताले विश्वास गरेर मत दिएकाले नै आफ्नो विजय संभव भएको भन्दै आम मतदातालाई धन्यवाद दिए । उनले आफ्नो जोड स्थानीय जनताको समस्या शिक्षा, स्वास्थ्य लगायतका समस्या समाधान गर्नेतर्फ हुने बताए ।

टोलवासीहरुको सक्रियतामा कार्यक्रम सौहार्दपूर्ण रुपमा सम्पन्न भएको भन्दै अध्यक्ष तामाङले सहभागीहरुलाई धन्यवाद दिए । 



0 comments

Write Down Your Responses