Powered by Blogger.
गुड फ्राईडेमा ५४ जनाले रक्तदान गरे

मकवानपुर / पाष्टर यसोसियसन मकवानपुर, पाष्टर एकता जागृती अभियानको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पास्ष्टर यसोसियसन मकवानपुरका अध्यक्ष पास्टर दिपक भ्लोनको सभाध्यक्षता तथा हेटौडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।
मानव जातिको पाप क्षमाको निम्ति येशु ख्रीष्ट क्रुसमा टाँगीनु भएको स्मरण गर्दै मनाईने गुड फ्राईडेको अवसर पारि आयोजित रक्तदान कार्यक्रममा ५४  जनाले रक्तदान गरेको पास्ष्टर यसोसियसन मकवानपुरका अध्यक्ष पास्टर दिपक भ्लोनले जानकारी दिनुभयो ।
कार्यक्रममा मकवानपुर ईसाई आवाजका अध्यक्ष रामकृष्ण पन्त, पश्चिम मकवानपुर पास्टर यसोसियसनका अध्यक्ष सुनिल मोक्तान, ख्रिष्ट्रिय महासंघ नेपालका केन्द्रिय सदस्य विष्णुराम प्रजा, मकवानपुर खिष्ट्रिय महासंघका कोषाध्यक्ष रविन्द्र चेपाङ, इसाई समाज मकवानपुरका अध्यक्ष निमडोल्मा आर्चाय, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य रुपक कालिराज,मकवानपुर जिल्लाका विभिन्न गाउँपालिका पास्ष्टर, ईसाई धर्मालब्मीमा आवद्ध,  यसोसियसन मकवानपुरका समितिका सदस्य, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका महानुभावहरुको उल्लेख्यनिय सहभागिता थियोे ।

0 comments

Write Down Your Responses