Powered by Blogger.
नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसमा मकवानपुरमा प्रभातफेरी


मकवानपुर / नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको सन्र्दभमा हेटौँडामा प्रभातफेरी को आयोजना गरिएको छ । पत्रकार महासंघ मकवानपुरको आयोजनामा भएको प्रभातफेरीमा मकवानपुरमा क्रियाशिल रहेका पत्रकार तथा मकवानपुर बहुमुखी क्याम्पसमा आम सञ्चार विषयमा अध्ययनरत विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
 हेटौँडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचौक ,पिपलबोट, उद्योग वाणिज्य भवनको छेउ हुँदै पुनः सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा वोल्दै श्रमजीवी पत्रकारको भौतिक सुरक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै सम्पूर्ण पत्रकारको अधिकारका लागि महासङ्घ लागिरहेको बताए ।
बोल्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यले पत्रकारको अधिकारको लागि सबै पक्षको ध्यान जान जरुरी रहेको बताए । श्रमजीवि पत्रकाहरुलाई अझै समस्या भएको भन्दै उनले ब्यवसायीक पत्रकारितामा राज्यको सहयोग रहनुपर्ने बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणी दाहालले पत्रकारहरु अझैपनि दुब्र्यवहारको शिकार बन्नुपरेको भन्दै यस्ता घटनालाई अन्त्य गर्न राज्य जिम्मेवार हुनुपर्ने बताए । पत्रकारहरुलाई समाचार लेखेकै भरमा केहि धम्कीहरु आउने गरेको बताउँदै उनले पत्रकारहरु सत्यतथ्यको लागि निर्भय हुनुपर्ने बताए । कार्यक्रमको समापन गर्दै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईले पत्रकारिता क्षेत्रलाई थप ब्यवसायीक बनाउनको लागि आफुहरुले सक्दो प्रयत्न गर्ने बताए । पत्रकारको क्षमता तथा दक्षता अभिबृत्तिको क्षेत्रमा महासंघको ध्यान जाने उनले स्पष्ट पारे ।

0 comments

Write Down Your Responses