Powered by Blogger.
‘नेपाल आईडल सिजन २’ को अडिसन वैशाख ३ गते हेटौडामा

Image result for ‘ नेपाल आईडल ’  सिजन २मकवानपुर  /  एपिवान टेलिभिजनले आयोजना गरेको नेपाल आईडलको सिजन २ पनि हेटौडामा पनि हुने भएको छ । देशका विभिन्न भुभागमा लुकेका प्रतिभालाई उजागर गर्दै आएको नेपाल आईडलले दोस्रो सिजनको लागि मिति था स्थान सार्वाजनिक गरिसकेको छ ।

दोस्रो सिजनको पहिलो अडिसन चैत्र ६ गते भैरहवामा र दोस्रो अडिसन चैत्र ११ गते धनगढिमा हुने आयोजकले बताएको छ । आईडलको तेस्रो अडिसन वैशाख ३ गते हेटौडामा हुनेछ । हेटौडामा हुने अडिसन भने सिद्धार्थ माविको चौरमा हुनेछ ।

धरान वैशाख ८ गते र पोखरामा बैशाख १४ गते र काठमाण्डौमा अडिसनको मिति भने सार्वजानिक गरिसकेको छैन । पहिलो सिजनमा देशभरका ७ मुख्य शहरबाट उत्कृष्ट जादुमय स्वर भएकाहरुले मौका पाएका थिए भने  दोस्रो सिजनमा देशभरका ६ शहरबाट जादुमय स्वारहरु छानिनेछन् ।

0 comments

Write Down Your Responses