Powered by Blogger.
चुरेहिल अस्पतालको चरम लापरवाही, खुट्टा भाँच्चिएकालाई पेटको अप्रेसनपछि मुत्यु ( हेर्नुस् भिडियो )

मकवानपुर / मकवानपुर एक मात्र सुविधा सम्पन्न भनिएको चुरेहि अस्पतालको लापारवाहिले गर्दा आज एक जनाको मृत्यू भएको छ । खुट्टा भाँचिएको बिरामीे चुरेहिल अस्पतालमा उपचार गर्न गएको अवस्थामा खुट्टाको भन्दा पेटको अप्रेशन गरे पछि हेटौडा ३ का पुण्यप्रसाद चौलागाइको आज मृत्यू भएको हो ।
मोटरसाइकल दुर्घटनामा परि खुटा भाचिँएका चौलागाईकोे पेटको अपेशन भएपछि मृत्यू भएको उहाँका भतिजी सफलता चौलागाईंले बताईन् । अहिले हेटौडा ११ स्थित चुरेहिल अस्पताल तनावग्रस्त बनेको छ ।
 मृतककी भतिजी सफलता चौलागाईंले भनिन्, ‘अहिले मृतकका आफन्तहरुले अस्पताल अगाडी आन्दोलन गरिरहेका छन् । खुट्टाको उपचार गर्न आएको तर डाक्टरले पेटको अप्रेशन गरिदिए, मलाई हिजो रातो रगत चाहियो भनेका थिए आज फेरी सेतो पनि चाहियो भन्यो र बिहान भएपछि बाँच्ने सम्भावना १ प्रतिशत मात्र छ, अप्रेशन गरेपछि डाक्टरले रातो र सेतो रगत निकैनै चाहिन्छ भनेपछि बिरामीका आफन्तले भरतपुरबाट १८ पाउण्ड रगत जुटाएका थिए । तर अचानक आज बिरामीको मृत्यु  भएपछि आफन्तहरु आक्रोशित भएका हुन् ।
 यहाँ नसकिने भए काठमान्डौ लान्छु भन्दा डाक्टरले जहाँ लगेपनि रगतनै चडाउने हो भन्दै चुरेहिलमा राखेको आफन्तहरुले बताएकाछन् । उता अस्पतालले भने बिरामीको पेटमा रगत देखिएकाले अप्रेशन गरेको बताएको छ ।
कलेजोमा पनि समस्या देखिएकाले जति रगत दिए पनि बचाउन नसकिएको अस्पताल बताएको छ ।  यस विषयमा छानविन समिति गंठन गरि मृतक परिवारलाई क्षतिपुर्ति व्यवस्था र लावारवाहि गर्ने डाक्टरलाई कडा भन्दा कडा कार्ववाहि गरि छाड्र्ने वडा नम्बर ३ का अध्यक्ष राम बहादुर पुडासैनले बताए ।

0 comments

Write Down Your Responses