Powered by Blogger.
अबको जनकल्याण स्कुल कस्तो हुनुपर्छ ?

सानोभाइ कार्की  
जनकल्याण मावि स्थापनाको दृष्टिले जिल्लाको पुरानो विद्यालय हो । वि.सं. २०२५ सम्मको शैक्षिक यात्रामा जिल्लामा नै तेस्रो स्थान लिन सफल यो विद्यालय अहिले ५० औँ वर्षगाँठ मनाइरहँदा अत्यन्त उत्साहित छ । 

५० औँ वर्षगाँठको सिलसिलामा विद्यालयले तय गरेको आफ्नो सप्ताहव्यापी कार्यक्रम भव्य र सभ्य रूपमा सफल भएको खुशी भएको हो ।

सफलताको मापनका आधारहरूमा समुदायबाट स्थापित, समुदायबाट सञ्चालित यो विद्यालय अहिले पनि समुदायकै सरोकारको विषय बन्न सफल छ । समुदायबाट नै व्यवस्थित बनेको र बनाउने उद्घोष भएको छ । हामीले स्वर्ण महोत्सव मनाउने क्रममा लिएका उद्देश्यहरूभित्र,

 १) विद्यालय सबैको हो भन्ने भावनालाई व्यवहारमा उतार्ने ।
 २) विद्यालयको आन्तरिक स्रोतलाई एक वा अर्को प्रकारले नचलाई कार्यक्रम सम्पन्न गर्ने ।
 ३) सप्ताहव्यापी कार्यक्रमलाई फरक–फरक व्यक्ति र फरक–फरक आस्था र विचारको प्रतिनिधित्व गराइ सम्पन्न गर्ने ।
 ४)आगामी दिनमा गरिब, असहाय र निरीह बालबालिकाहरूले जो अनुशासित, जो जेहन्दार पनि छन् उनीहरूमा अध्ययनको   तीब्र इच्छा छ तर आर्थिक हैसियतका कारण सो लक्ष्य हासिल गर्न नसक्नेहरूका लागि छात्रवृत्ति कोष खडा गर्ने ।
 ५) पूर्व सञ्चालक समितिका अग्रजहरू, पूर्व विद्यार्थी शिक्षकहरूलाई विद्यालयमा उपस्थित गराई अनुभवको आदान–प्रदान  गर्ने ।
 ६) विद्यालयलाई स्रोतकेन्द्र स्तर, जिल्लाको उत्तरी क्षेत्र स्तर र जिल्ला स्तरमै अन्तर सम्बन्धको विस्तार गर्ने । यसलाई खेलकुद  तथा अतिरिक्त कार्यक्रम मार्फत सम्पन्न गर्ने ।
 ७) विद्यालय भोलिका दिनमा सबैको सहयोग र सद्भावबाट उत्कृष्ट विद्यालय, सबैको भरोसाको विद्यालय, आशाको केन्द्र,   विश्वासको स्थलको रूपमा विकसित गर्ने ।

हामी विश्वस्त छौँ यो अवसरमा हामीले प्राप्त गरेको अभिभावाकको सद्भाव, स्नेह, माया र समग्र समुदायको विद्यालयप्रति हेर्ने सकारात्मक दृष्टिकोण यो विद्यालयको सम्पत्ति हो । यसको अतिरिक्त पूर्व व्यवस्थापन समिति (संस्थापक अध्यक्ष स्वर्गीय झलकचन्द्र विष्ट) को सुपुत्र सुभाषचन्द्रद्वारा रु. ३,००,०००।– अक्षरेपी तीन लाखको झलक चन्द्र शिक्षा ज्योति अक्षयकोष स्थापना गर्नु, पूर्व विद्यार्थी हाल अष्ट्रेलियामा रहनुहुने हरिकुमार कार्कीद्वारा  आफ्नो स्वर्गीय हजुरबुबाको नाममा लोकबहादुर कार्की अक्षयकोष हाल रु. २,००,०००।– अक्षरेपी दुई लाखको घोषणा गरी भविष्यमा रु.पाँच लाख पु¥याउने उद्घोष गर्नु, एस.एल.सी. समूह २०५२ ले रु. ३,५१,१५५।– (तीन लाख एकाउन्न हजार एक सय पचपन्न)  सङ्कलन गरी यसको आयात बढाउने घोषणा गर्नु मात्र होइन विद्यालय भोलिका दिनमा कस्तो बनाउने स्पष्ट योजनाको माग गर्नु, एस.एल.सी. समूह २०५९ ले विद्यालयको माग बमोजिक स्वर्ण स्मारक निर्माणमा लगानी गरी विद्यालयको चाहना पूरा गर्दै आफूलाई अजर अमर राख्नु, एसएलसी समूह २०६७ ले तत्काल सङ्गठित भई विद्यालयलाई ३२,६७०।– (बत्तीस हजार छ सय सत्तरी) नगद सहयोग गर्नु, एसएलसी समूह २०५७ का विद्यार्थीहरूबाट सबैलाई समूहगत एकीकृत हुन र  विद्यालयको सहयोगी बन्न आÞव्हान गर्नु, अन्य एसएलसी समूहहरू पनि एक वा अर्को प्रकारले पूर्व्विद्यार्थी क्लव वा एशोसियसनको  नामबाट मुखरित हुन आफँैमा महत्वपूर्ण आयाम बनेको छ ।

के उद्योगी, के व्यापारी, के नेता वा समाजसेवी सबैले गरेको विश्वास, सद्भाव, अगाध मायालाई  अमूल्य अवसरको रूपमा लिँदै यथार्थमा बदल्नु विशेष चुनौतको रूपमा लिनु पर्दछ । जहाँ जति ठूलो अवसर हुन्छ त्यहाँ त्यत्तिकै ठूलो चुनौती पनि हुन्छ भन्ने तथ्यलाई भुल्नु गम्भीर गल्ती हुनेछ । यस पावन अवसरले घचघच्याएको स्वर्ण महोत्सवको स्वर्ण अवसर जुन पूर्व विद्यार्थीहरूको जिज्ञासा भोलिको जनकल्याणको सोच र परिणाम के हुनेतर्फ ध्यानाकर्षण गर्नु उपयुक्त ठानेको छु ।

 भौतिक सुधारतर्फ भोलिको दृश्य ः–

 १)  निर्माणाधीन २८ कोठे भवन कार्य सम्पन्न गर्ने —यस भवनमा शिशु कक्षादेखि कक्षा १२ सम्मका सबै कक्षाहरू १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने । कक्षा कोठाहरू हरेकमा प्राविधिक शिक्षण विधिहरूबाट शिक्षण कार्य सञ्चालन गर्ने । यसका लागि हरेक कक्षा विद्युत जडान भएको हुनेछ । हरेक कोठाहरूमा प्रोजेक्टर स्थायी रूपमा राख्ने प्रबन्ध गरिएको हुनेछ । शिक्षकहरूले शैक्षिक सामग्रीको प्रयोग गरेका हुनेछन् । शिक्षकको साथमा ल्यापटप हुनेछ, हातमा शैक्षिक सामग्री हुनेछ ।

सिकाइ विधि प्रयोगात्मक हुनेछ, जहाँ सिकारु सक्रिय र शिक्षकले सहजकर्ताको रूपमा सहजीकरण मात्र गर्नेछन् । कक्षाकोठाहरूमा डस्टविनको प्रबन्ध भएको, हरेक कोठाहरूमा कुचोको व्यवस्था भएको, कोठा बाहिर ठूलो डस्टविनको प्रबन्ध भएको, गाह्रो भित्तामा विद्यार्थीहरूले बनाएको आचारसंहिता ( कक्षाकोठा र विद्यालय कम्पाउण्डभित्र विद्यार्थीले के गर्न हुने के गर्न नहुने),  विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्री, शिक्षकहरूले अनुसन्धान गरेको प्रोजेक्ट वर्क टाँस गरिएको हुनेछ । शिक्षकको शैक्षिक सामग्री प्रदर्शनमा विद्युतीय अवरोध नआओस भन्नको खातिर जेनेरेटरको व्यवस्था भएको वा सौर्यशक्तिको प्रबन्धबाट वैकल्पिक व्यवस्थाको तर्जुमा गरिएको हुनेछ । यसको अनुगमनको प्रबन्ध नभएमा यो केवल गफका लागि गफ मात्र हुने तथ्य भुल्नु हुँदैन ।
अतः सोको लागि हरेक कोठाहरू र विद्यालय कम्पाण्डको सम्पूर्ण गतिविधि अवलोकनको पूर्ण व्यवस्था मिलाउनको लागि सी.सी. क्यामेराको प्रबन्ध र सो को नियमनका लागि कार्यालयबाट गरिने छ । यो विधि प्रक्रियाको लागि सम्पूर्ण शिक्षक कर्मचारीहरूको बृहत्तर छलफल र अन्तरक्रियाबाट निकालिएको निष्कर्षलाई मुख्य मार्ग्निर्देशक सिद्धान्त मानिनेछ ।


विद्यालयको अग्रभागमा हाल बनेको स्वर्ण स्मारकको सुरक्षा र सौन्दर्यतामा वृद्धि गरी शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारीहरू सबैको गौरवको केन्द्र बनाइनेछ । यसका लागि स्मारकको दुवैतर्फ  आकाशेधाराको निर्माण गरिनेछ । स्मारकको वरिपरि तीन फिट उचाईको वाल र सो माथि फलामे एङ्गल राखी घेराउ गरिनेछ ।
हाल बनेको कार्यशाला भवन बीचमा परेको हुँदा भत्काइ सो स्थानमा चाइनिज दुबोको चौर निर्माण, स–साना होचा कदका रूख हुने विरुवा रोपण गरिनेछ । विद्यालयको पेटीमा मौसम अनुसार फुल्ने फूलहरू रोपी विद्यार्थीहरूलाई संरक्षणको जिम्मेवारी दिइनेछ । 
 यसबाट के हुन्छ ?
विद्यालय निश्चित रूपमा ज्ञान आर्जन गर्ने, आनीबानी परिवर्तन गर्ने, अनुशासन सिक्ने र  व्यवहारमा लागू गर्ने थलो हुनेछ । यसबाट विद्यार्थीहरूले ती कुराहरू सिक्नेछन् । विद्यार्थीहरूलाई सिक्नको लागि सुन्दर, शान्त, रमणीय वातावरणको जरूरी पर्दछ । सिकेन, जानेन भनेर भन्नु पूर्व किन सिकेन ? भनेर खोज्नु अभिभावक र व्यवस्थापनको दायित्व हो ।

अतः यो वातावरणको निर्माण गर्न सकिएमा  कक्षा कोठाबाट  विद्यार्थीले बाहिरको वातावरण हेर्दा कक्षाकोठामा रहँदा आनन्दित, खाली समयमा बाहिर आउँदा, घुम्दा, थकाइ मार्दा समेत आनन्दित महसुस गर्दछ र सिकाइमा विशेष मद्दत पुग्दछ । घरमा भन्दा विद्यालयमा नै आउने प्रयास गर्दछ । सिकाइको दरमा वृद्धि हुन्छ । सिकाइ उपलब्धी वृद्धिप्रति फड्को मार्न सकिन्छ ।

शिक्षकहरूको सिकाइमा, लगनशीलतामा वृद्धि हुन्छ । पढाउने, सिकाउने पहिलो काम अनि भ्याए मात्र अन्य जिम्मेवारीको भावना वृद्धि हुन्छ, शिक्षकहरूको सीप विकास, अनुसन्धान र प्रयोगको प्रतिस्पर्धाले शैक्षिक उन्नयन, गुणस्तरमा उल्लेखनीय विकास हुन्छ ।

यो व्यवस्थापन र स्वर्ण स्मारकको प्रचारप्रसारले विद्यालयीय अनुसन्धानकर्ता वा पर्यटकहरूको वृद्धि हुन्छ । ,जसबाट अध्ययनरत विद्यार्थीहरूको वाÞय सम्बन्ध वृद्धि, शिक्षक र अभिभावकहरूको सम्बन्धमा समेत वृद्धि हुन गई अपनत्वमा वृद्धि हुन्छ । सफा भवन, सुन्दर र शान्त वातावरण, लगनशील शिक्षाकर्मी, उत्कृष्ट परिणाम सबैको गौरव सावित हुनेछ ।

 यही भवनको अग्रभागमा शुद्धिकरण गरिएको पिउने पानीको प्रबन्ध गरिनेछ । जसबाट पिउने उपभोक्ताकै आँखाले शुद्धिकरण गरिएको पानी पिउँदा ढुक्क मात्र होइन स्वस्थतामा बढोत्तरी हुनेछ । विद्यार्थी एवम् शिक्षकहरूलाई शौचालयको प्रबन्धका लागि नवनिर्मित भवनका केही कक्षा कोठाहरूको प्रयोग गरिनेछ । विद्यालयको माथिल्लो क्षेत्रमा खेलमैदानको व्यवस्था हुनेछ ।

खेलमैदान र विद्यालयको बगैँचालाई अढाई फिटको वालले छुट्टाइएको हुनेछ । यसो हुँदा माथिल्लो भागमा रहेका भवनहरू टाढाका विद्यार्थीहरूका लागि छात्रावास हुनेछ भने हालको कार्यालय पाहुनाघरको रूपमा उपयोग गरिनेछ । विद्यालयको पश्चिम तर्फको अन्दाजी ७ रोपनी जग्गामा कृषिको प्रयोग भूमिको लागि प्रयोग गरिनेछ । जहाँबाट आय आम्दानी हुनेछ ।

२०७२ बैशाख १२ र २९ को विनाशकारी भूकम्पले २०२५ देखि २०७० सम्म अध्ययन गरेका विद्यार्थीहरूको प्यारो भवन, सयौँ शिक्षकहरूको कर्मथलो, अग्रजहरूको श्रम र पसिना खेर गएको छ र यस भवनको निर्माण हुन सके विगतको इतिहास जिउँदो हुने मात्र होइन सिङ्गो मकवानपुरको तेस्रो विद्यालय भवनको उदय हुने हुँदा ‘म बनाउँछु मेरो विद्यालय’ को अभियानलाई सम्पूर्णलाई एकपटकको लागि सक्दो पुग्दो योगदानको आव्हान गरी प्रयास गरिनेछ । हालको कार्यालय र कृषि प्रयोगशाला भवनको दक्षिणी भागको भूमिमा फूलवगैंचा  निर्माणको प्रबन्ध गरिनेछ । 

यी सबैको व्यवस्थाले विद्यालय आफैँमा एक सुन्दर र मनोरम क्षेत्रको रूपमा अवस्थित हुनेछ र आकर्षक भई विद्यार्थी, अभिभावक र शिक्षकका लागि समेत आकर्षणमा वृद्धि हुनेछ ।

विद्यालय क्षेत्रगत रूपमा बालबालिकाहरूका लागि इन्डोर र आउट डोरका खेलकुदका सामग्रीहरू (टेबलटेनिस,भलिबल, भरेङ, पिङ, क्रिकेट मैदान, व्याटमिन्टन ) आदिको प्रबन्ध गरिनेछ ।

यसो हुँदा हरियालीयुक्त सफा खेलमैदान, सुरक्षित कम्पाउण्ड, सौर्यशक्ति जडान गरिएको, भूकम्प प्रतिरोधात्मक भवन, चट्याङ प्रतिरोधात्मक व्यवस्था, स्वस्थ र सफा पिउने पानी, कृषि उत्पादन भएको जग्गा, व्यवस्थित कृषि र विज्ञान प्रयोगशाला, लगनशील, मिहिनेती, सीपयुक्त परिणाममुखी शिक्षक भएको हुनेछ ।

माथि उल्लेखित कार्यक्रमहरू कार्यान्वयन गर्न यस वर्षको लागि आवश्यक पर्ने अनुमानित खर्च निम्नानुसार रहेको छ ।

क्र.सं.  विवरण प्रति एकाइ रु.  रकम


१ २० थान ल्यापटप ६०,०००।– १२,००,०००।–
२ २० थान प्रोजेक्टर ४५,०००।–  ९,००,०००।–
३ सिटीइभिटी कार्यक्रम ल्याउन विद्यालयमा हुनुपर्ने  ३०,००,०००।–
४ विज्ञान शिक्षक खर्च २ जना प्रति महिना रु.४००००।– को दरले १३ महिना १०,४०,०००।–
५ प्राविधिक शिक्षक थप २ जना १३ महिना १०,४०,०००।–
६.  विविध खर्च ५,००,०००।–
जम्मा हुने खर्च ७६,८०,०००।–


शिक्षणको माध्यम ः

ल्यापटपको उपयोग गरी प्रोजेक्टरको माध्यममा जाँदा अधिकांश माध्यम अङ्ग्रेजी हुने हुँदा कम्तिमा ६०५ अङ्ग्रेजीमा दक्षता न्युनतम आधार हुनेछ । 

चुनौती –

 १) उपर्युक्त योजना अनुसार जान र लानको लागि पहिलो चुनौती स्रोत (आर्थिक) नै हो । यसको लागि समुदायका अगुवा   नागरिक, सचेत नागरिक र परिवर्तनकामी नागरिकहरूको उद्देश्य एकाकार हुन जरुरी छ । यसो भए यो असम्भव हुँदैन । नभए केवल परिकल्पनामा सीमित हुनेछ ।
 (२) योजनाका आधारमा योग्य, दक्ष, लगानशील शिक्षक व्यवस्थापन (सरुवा,बढुवा,खारेजी) को प्रबन्ध कसले गर्ने ? यो   अधिकार उपयोगको लागि प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, स्थानीय शिक्षा समिति वा स्थानीय तह कसैमा   छैन र पुरस्कारवालालाई मैले गर्दा भनेर जस लिने र दण्ड दिँदा उसले गरेको भन्ने प्रवृत्ति हावी छ । जुन मूल बाधक   हो ।


(३) सरकारी शिक्षकहरूमा सेवाको भन्दा बढी जागिरे मनस्थितिले घर गर्नु, समुदायको मनस्थिति राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकतामा राख्नु, शिक्षाकर्मीहरूमा आरामको थलो विद्यालयलाई लिनु, पेसा व्यवसाय अन्य हुनु, आफ्नो कामप्रति  आफँैलाई विश्वास नहुनु, लगायतका उपभोक्तावादी चिन्तन हावी हुनु ।
(४) अभिभावकहरूमा हीनताबोध हुनु । पैसा नभएका कारण सरकारी विद्यालयमा पढाउनु परेको महसुस गरिनु र   आवश्यक स्याहार र अभिभावकले बालबालिकालाई गर्नुपर्ने दायित्व (विद्यालय गए नगएको, जाँदा कुन पोषाकमा    गएको, परीक्षामा सामेल भए नभएको, परीक्षामा सामेल भए कुन स्थान ल्याएको, अब सुधारका लागि के गर्नुपर्ला   आदि) को न्युनतम आधारमा ध्यान नदिनु ।
(५) समुदायका जनिफकारहरू सम्बन्धित विद्यालयमा पुगेर समस्या निराकरणको साटो नकारात्मक कुरा गरेर चित्त    बुझाउने प्रवृत्ति व्यापक हुनु ।


 यी र यस्ता सवालहरू जसले शैक्षिक उपलब्धीमा प्रत्यक्ष वा परोक्ष रूपमा गम्भीर असर पु¥याउने चुनौतीहरू हुन् ।

प्राविधिक जनशक्ति उत्पादन हाम्रो अभियान ः–

शिक्षा आफँमा विकासको लागि जनशक्ति उत्पादनको मुख्य माध्यम हो । मानिस शिक्षित हुनु वा सर्टि्फिकेट होल्डर हुँदैमा विकास भै हाल्ने कुरा युक्तिसङ्गत हुँदैन । यसको अर्थ यो होइन कि शिक्षित हुनु व्यर्थ हो । वास्तविकता यो हो कि शिक्षाको  योग्यतासँगै सीप हुनु जरुरी छ । सीप क्षमता हो । योग्यता र क्षमताको संयोगले लगनशीलता प्राप्त गर्न सकेमात्र उत्पादन हुन्छ ।

उत्पादनले मानवीय आवश्यकताको परिपूर्ति गर्दछ । बढी उत्पादन गर्न सके निर्यातबाट वैदेशिक मुद्रा आर्जन गरी मुलुकको समृद्धि हुन्छ । हाम्रो शिक्षापद्धति साधारण प्रकृतिबाट बहुद्देश्यीय लक्ष्य प्राप्त गर्ने प्रकृतिको हुँदा खासै विकासमा गति लिन नसकेको, उत्पादित शिक्षित नागरिक र दक्ष नागरिकहरू समेत रोजीरोटीको लागि विदेश पलायन भएको वा हुनुपर्ने अवस्था आएको कुरा भुल्नु हुँदैन ।

शिक्षाको लक्ष्य निर्धारण गर्दा विकसित देशहरूमा फरकफरक लक्ष्य लिइएको पाइन्छ । अर्थात् कामदार उत्पादन गर्ने वा बुद्धिजीवी ? बुद्धिजीवीको वर्गीकरणमा समेत वैज्ञानिक, दार्श्निक, अनुसन्धानकर्ता वा अन्य केही ? यी सबै आधारभुत आवश्यकता परिपूर्ति भएका, राजनैतिक अवस्था स्थिर भएका र मुलुकको परिवर्तन सबैको एकमात्र साझा लक्ष्य भएको देशहरूमा परिवर्तन र विकासको विधि पद्धति, प्रक्रियाका लागि शिक्षालाई लिइन्छ भने नेपालमा उक्त अवस्थाभन्दा भिन्न पाइन्छ । यस प्रकृतिका देशमा योजना विहिन कुरा हावी हुन्छ । भाषण लोकप्रिय हुन्छ ।

तर मुलुकले चाहेको होइन, वक्ताले जानेको बोल्ने र श्रोता अलमल्याउने कसरत हुन्छ । भन्ने र सुन्नेको समानता हुनेहुँदा दुवैमा बहस छलफलको गरमागरम चल्छ । समाज विभाजित हुन्छ । हामीकहाँ यो सामान्य हुन्छ । यो परिवेशमा प्राविधिक शिक्षाको कुरा सहज छैन र पनि हाम्रो समाजको मूल चरित्र चाँडै कमाउने, कम मिहेनतबाट बढी आम्दानी गर्ने प्रकृतिको छ । अतः जानेर होइन बल प्रयोग गरेर आम्दानी गर्न खोज्दा उत्पादन भूमि, पूँजी र उत्पादकको अवस्थामा समेत  नकारात्मक असर पर्न जान्छ । अतः यो परिवेशलाई मनन गरी हाम्रो भूमिबाट दीर्घकालीन उत्पादन, स्वस्थ र स्वच्छ उत्पादन गरी आय आर्जनको माध्यमबाट समृद्धिको उद्देश्य सहित जनकल्याणलाई प्राविधिक  विद्यालयमा लाने निर्णय गरियो र यसबाट उत्पादित जनशक्तिलाई—

 (१) दक्ष कृषि उत्पादक जनशक्ति निर्माण गर्ने ।
 (२) दक्ष जनशक्ति स्वयम् उत्पादक बन्ने क्षमता नराखे नोकरीको लागि श्रमिक बनाउने ।
 (३) दुवैको लागि वातावरण निर्माण हुन नसके इज्जतदार बैदेशिक कामदारको रूपमा कार्य गर्न सक्षम बनाउने ।
(४) ग्रामीण क्षेत्रमा कक्षा ११÷१२ सम्म विज्ञान सङ्काय सञ्चालन गरी विज्ञान प्रविधिको विकास गर्ने र सो को लागि   सहर पस्ने ट्रेनलाई न्यूनीकरण गर्ने ।

प्राविधिक शिक्षा सञ्चालनको नीतिः

 (१) कक्षा ९ देखि १२ सम्म कृषि तर्फ बाली विज्ञान सञ्चालन गरी निरन्तरता दिने ।
(२) सिटीइभिटी कार्यक्रम विद्यालयमा भित्र्याउने । जसबाट साधारण विद्यालयबाट एसईइ  परीक्षा उत्तीर्ण विद्यार्थीहरूले  समेत तीन वर्षे कोर्ष अध्ययन पश्चात कक्षा १२ उत्तीर्णको योग्यता प्राप्त गरी सोभन्दा माथिल्लो डिग्री हासिल गर्न सक्छन् । साथै अल्पकालीन तथा दीर्घकालीन सीप विकासका तालिमहरूबाट स्थानीय कृषकहरूले समेत    दक्षता विकासको अवसर पाउनेछन् जसले चाहन्छ ।
 (३) कक्षा ९ देखि नै कृषि, विज्ञान र साधारण गरी तीन धारको सिर्जना यसै शैक्षिक वर्षबाट सुरु गर्ने ।

 विद्यालयको सबल पक्षः–

 (१) हाल यस विद्यालयमा कृषिको लागि ४ जना शिक्षकको व्यवस्था छ ।
 (२) कृषि प्रयोगशालाको व्यवस्था छ ।
 (३) सिटीइभीटीमा प्रोग्राम माग गरिएको छ । सकारात्मक आश्वासनको पक्ष छ ।
 (४) विज्ञान शिक्षक एक जना दरबन्दीमा रहेको र सिटीइभीटी को प्रोग्राम स्वीकृत भएमा थप एकजनाको प्रबन्ध गर्नु अनिवार्य हुनेछ ।
 (५) विज्ञान प्रयोगशालाको व्यवस्था काम चल्ने प्रकृतिको छ ।
  (६) नगरपालिकामा विज्ञान सङ्काय सञ्चालनको प्रस्ताव पेस गरिएकोमा सकारात्मक छ ।
 (७) ल्न्इ (ऋजयष्अभ ज्गmबलष्तबचष्बल) केही थप सामान उपलब्ध गराउन सकारात्मक छ ।
 (८) अभिभावकको माग छ, विद्यार्थीको चाहना छ र समयको माग छ ।
 (९) पूर्व विद्यार्थीहरूबाट चासो, चिन्ताका साथ योजनाको माग भएको छ ।

चुनौतीरके भए यो पूरा हुन सक्दछ ?

 (१) सिटीइभीटी कार्यक्रमको लागि थप २ जना शिक्षकको व्यवस्था गर्नुपर्ने । जसको लागि प्रति महिना  रु.४०,००० का दरले जम्मा १३ महिनाको १०,४०,०००।– (दश लाख चालिस हजार रुपैँया) लाग्ने ।
(२) विज्ञान शिक्षक एकजना मात्र भएकोमा थप दुई जनाको व्यवस्था गर्दा थप दशलाख रुपैँया लाग्ने ।
 ) विज्ञान शिक्षक व्यवस्थापनका लागि विषयगत शिक्षकको दरबन्दी मिलान गर्न सके सम्भावना रहे पनि विद्यालय  आफैसँग दरबन्दी मिलानको अधिकार नरहनु ।
 (४) विद्यालयको कृषिको लागि पर्याप्त जग्गा जमिन नहुनु ।
 (५) शिक्षकको लगनशीलतामा कमी भए जागरणका लागि सुविधा थप बाहेक अरु नहुनु ।
 (६) स्थानीय जनशक्तिको पर्याप्तता नहुनु ।
 (७) उपलब्ध जनशक्तिको अस्थिरता प्रबल रहनु ।

 के उपाय छैन त ?

विद्यालयको दृढता, नगरपालिकाको योजना र सचेत नागरिक (पूर्व विद्यार्थीहरू) को स्पष्ट र निस्वार्थ चाहनामा आधारित योजना भए उपर्युक्त सबै सपनाहरू पूरा हुन सक्दछ । किन कि, कार्यक्रम सुरु गर्दा जुनसुकै नयाँ नौलो र असम्भव लाग्नु स्वाभाविकै हो ।

यद्यपि निरन्तरताको लगानीले प्राप्त हुने विश्वासको वृद्धि हुनेछ र आफँै चल्ने हुन्छ र हुनु पर्दछ । केवल बढीमा ५ वर्ष अनुदानमा आधारित संस्था चल्ने प्रतिबद्धता भए पुग्छ । यदि पाँच वर्षमा समेत विद्यालयले अध्ययन अध्यापनबाट सरोकारीहरूलाई विश्वास दिलाउन सकेन भने स्वतः अनुदान सहयोगलाई बन्द गर्नु पर्दछ ।

 त्यसपछि (५ वर्षपछि) विद्यालय कस्तो हुनेछ ?

 (१) प्राथमिक तहमा श्रव्यदृष्यको माध्यमले विद्यार्थीहरूको चाप बढ्नेछ ।
 (२) अध्यापन मापदण्डमा छिर्न नसक्ने शिक्षक किनारा लागेको हुनेछ ।
 (३) जो रहन्छन् उनीहरू जोस जाँगरका साथ क्रियाशील रहेका हुनेछन् ।
 (४) सुविधा सम्पन्न विद्यालय, जाँगरिला शिक्षक, चुस्त प्रशासन अभिभावकको शान हुनेछ ।
(५) अभियानको सुरु भएको ५ वर्षमा ५ ओटा सङ्काय (मानविकी,व्यवस्थापन, शिक्षाशास्त्र, कृषि र विज्ञान) मा जनकल्याण माध्यमिक विद्यालय चलेको हुनेछ । जसबाट ,सामान्य क्षमताका, मध्यम क्षमताका र उच्च क्षमताका सबै विद्यार्थीहरू अध्ययन  गरिररहेको हुँदा सबै तहका अभिभावकहरूको चाहना पूरा भएको हुनेछ ।

कसले के के गर्ने ?

सबैले एक आपसमा विश्वास, दृढता र योजना निर्माण गर्ने पक्षलाई हाम्रो, कमजोरलाइृ सुधारको अवसर, सुधार गर्न नसक्नेलाई बिदाई सम्बन्धित पक्षले शुन्य सहनशीलताको नीति व्यवहारमा परिणामको लागि प्रयोगमा ल्याउने । अनि व्यवस्थापन समितिले उपलब्ध साधन स्रोतको परिचालन गर्ने , नपुगको खोजी गर्ने, प्रशासनले निरन्तर अनुगमन र दण्ड सजायको प्रतिवेदन कार्यान्वयनको वातावरण बनाउने, नगरपालिकाले आर्थिक श्रोत व्यवस्थापनको लागि आन्तरिक वा वाÞय दात्री निकायको खोजी गर्ने, थप शिक्षाप्रेमी सचेत नागरिकहरूले समीक्षा, योजना , अनुगमन, श्रोतसाधनको खोजी, समयानुकुल बिज्ञहरूद्वारा तालिम, सिप वृद्धि कार्यक्रमको समन्वय गर्ने ।

यसो गर्न हामी सबै सरोकारीहरू लामबद्ध भयौँ भने विद्यालय मात्र होइन सेवाक्षेत्र समेत अनुकरणीय बन्ने कुरा प्रमाणित हुनेछ । सबैले सबैका लागि हामीबाटै सुधारको अभियान थालौँ ।

(प्रधानअध्यापक कार्कीले राजधानीमा आयोजित अन्तरक्रियामा प्रस्तुत गरेको योजना)



0 comments

Write Down Your Responses