Powered by Blogger.
अनुदान रकममा आग्रामा चरम लापरवाही, गोले भन्छन्ः प्रक्रिया पु¥याएर लिएका हौं


पालुङ । सरकारले भूकम्प पीडितलाई आवास निर्माणका लागि दिएको अनुदान रकम मकवानपुरको आग्रामा चरम लापारवाही भएको छ । अनुदान लिएर  केही व्यक्तिले घरको जगसमेत नहाली दोस्रो किस्ता निकासा गरि सकेको स्थानीयले आरोप लगाएका छन् । 

थाहा नगरपालिका वडा नम्बर ७ का भूकम्प पिडित शुभराज गोलेले समेत त्यसै गरेको स्थानीयको आरोप छ । तर गोले भने  आफु एक भूकम्पपिडित भएको र अन्यले सरह प्रक्रिया पु¥याएर निकासा लिएको दावी गर्छन् ।

प्राविधीकको संलग्नतामा केही व्यक्तिले अनुदान लिएर घरको जगसमेत नउठाएको र केहीले भने समाचार तथा सामाजिक सञ्जालहरुमा टिप्पणी आएपछि आफन्तको घर नै आफ्नो भनेर देखाएको त केहीले रातारात बनाएको समेत स्थानीय पिडितहरु बताउँछन् ।

सरकारको मापदण्ड अनुसार पहिलो किस्ता प्राप्त गरे पश्चात दोस्रो किस्ताको लागि घडेरी खनेर डिपिसि सम्म गर्नु पर्ने मापदण्ड रहेको छ । तर विभिन्न संघसंस्थामा आवद्ध सँगै सुन्दरी देवि माविका सहायक प्राध्यनाध्यापक गोलेले भने घरको जग समेत नहाली प्राविधिकको मिलोमतोमा दोस्रो किस्ता निकास गरेको स्थानीयको आरोप छ ।

गोलेले दोस्रो किस्ता निकासा गरेको थाहा पाए पश्चात स्थानिय आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले भने,“हामीले पहिलो किस्ता लिएर डिपिसि गरि सरकारको मापदण्ड अनुसार घर बनाएर निरिक्षणमा आईदिनु प¥यो भन्दा पनि आउनको लागि आनाकानी गरिरहेको तर घरको जगै नबनाएको व्यक्तिलाई भने दोस्रो किस्ता निकासाको लागि सिफरिस गरेको प्रति आक्रोस व्यक्त गरेका छन्।

भूकम्प प्रतिरोधी घर बनाउन राज्यले दिएको पहिलो किस्ताको ५० हजार रुपैयाँको हिसाब किताब राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोज्न आउने भनेको भए पनि सरकारले खटाएको व्यक्ति नै सरकारले दिएको अनुदान रकमलाई दुरुपयोग गर्नमा लागिपरेको प्रति दुखेसो उनीहरुको दुखेसो छ ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताउदै घरको डिपिसि समेत नगरेकाहरुmलाई भने दोस्रो किस्ता समेत फाईल बनाई सिफारिस गरेको भन्दै गुनासो गरेका छन् ।



चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । प्राविधिकहरुले चरम लापरवाही को कारण भुकम्प पिडितले सास्ती खेप्नु परेको स्थानिय बताउछन् ।

सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको साविक आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउँछन् ।

प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।

गोलेको भने समाचारप्रति आपत्ती छ । उनले भने , ‘अरु भुकम्प पिडितले जस्तै राज्यले तोकिएको प्रक्रियामा रहि मैले लिएको राज्यको  सुविधालाई लिएर प्राविधिकको जागिर खोस्ने र मेरो चरित्र हत्या     गर्ने नियतप्रति खेद प्रकट गर्न चाहन्छु ।





0 comments

Write Down Your Responses