Powered by Blogger.
मकवानपुरका प्रिन्सिपललाई आईसिटि ईन एजुकेसन मोटिभेसन

मकवानपुर ÷ आईसिटि इन एजुकेसन नेपाल प्रा.लि.ले मकवानपुर जिल्लाका निजि विद्यालयमा आवद्ध रहेको विद्यालयहरुका प्रिन्सिपल तथा शिक्षकहरुलाई आईसिटि ईन एजुकेशन मोटिभेसन सेमिनार दिएको छ । आईसिटि र पछिल्लो प्रविधिका विषयमा आवश्यक अभिमुखिकरण प्रदान गर्दै शिक्षामा व्यवहारिक परिवर्तन गर्ने उद्देश्यले उक्त समिनार आयोजना गरिएको आईसिटि इन एजुकेसन नेपाल हेटौडाका प्रवन्ध निर्देशक सुनिल राउतले बताए ।
प्यापसन मकवानपुर र मिदास एजुकेसन प्रालिको सहकार्यमा गरिएको सेमिनारमा मकवानपुरमा रहेका निजि विद्यालयका फाउन्डर र प्रिन्सीपलहरु, शिक्षकहरु सहभागी भएका थिए ।

कार्यक्रमका प्रशिक्षक समेत रहेका उत्कृष्ट मोटिभेटर तथा मिदास एजुकेसन प्रालिका प्रमुख कार्यकारी अधिकृत विवेकनन्द झाले प्रविधिलाई प्रयोग गर्दै शिक्षामा नयाँ फड्को मनुपर्ने वेला आएको भन्दै मकवानपुरमा शिक्षा क्षेत्रलाई प्राविधिमय बनाउनको लागि आग्रह गरे । उनले भने,“ हामी मकवानपुरलाई स्मार्ट स्कुल बनाउछौँ,तपाईहरु तयार हुनुस्,” मिदासले शिक्षालाई अझ प्रभावकारी बनाउनको लागि दुई दशक देखि काम गर्र्दै आईरहेको बताउदै मिदासले निकालेका कक्षा १ देखि १० सम्मका अडियो भिडियोका किताव मोवाईलबाट नै पढ्न सक्ने बताए ।

आईसिटि इन एजुकेसन नेपाल प्रा.लिका प्रमुख कार्यकारी अधिकृत मोहन राउतले विद्यालयलाई स्मार्ट स्कुल बनाउनको लागि आईसिटि इन एजुकेसन नेपाल प्रा.लि.ले चालेको भुमिकाको विषयमा प्रष्ट पारेका थिए । आफ्नो संस्थाले व्यावसाय मात्रै नभई सामाजिक कार्य समेत गर्दै आईरहेको बताए । उनले थपे,“ हामी नेपालको हरेक विद्यालय स्मार्ट भएको हेर्न चाहान्छौँ र हामीले गर्नु पर्ने सहयोग गर्न तयार छौँ ।” । कार्यक्रमका सहभागिहरुले कार्यक्रममा नयाँ कुरा थाहा पाएको र नेपाली शिक्षालाई प्रविधिसंग जोड्दै थप प्रभावकारी र विश्वासिलो बनाउन आआफ्नो ठाउँबाट सक्दो पहल हुने बताएका थिए


0 comments

Write Down Your Responses