Powered by Blogger.
२ वटा ऐन पारित गर्दै सकियो थाहा नगरपालिकाको दोस्रो नगर सभा

जनक लामा 
थाहा नगर / कृषि,पर्यटन तथा पूर्वाधारलाई मूख्य आधार मान्दै आएको थाहा नगरपालिकाको शुक्रवार ९आज० दोस्रो नगर सभा सम्पन्न भएको छ । थाहा नगरपालिकाका प्रथम नगर प्रमुख लबशेर विष्टको सभाध्यक्षता तथा उप प्रमुख खड्ग गोपाली, जिल्ला समन्वय समितिका सदस्य चित्र बहादुर बलामी लगतयतको आतिथ्यतामा दोसा्रे नगर सभा भएको छ । 
दोस्रो नगर सभाबाट विभिन्न शिर्षकका आयव्याय तथा संसोधित बजेट पारित भएको छ ।
थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीले नगरको प्रथम नगर सभाबाट तयार गरिएको नगरपालिकाको आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४ बमोजिम बजेट योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रथम नगरसभाले छनौट गरि सञ्चालनमा रहेका सबै वडाका योजनाहरु सञ्चालन भईरहेको र हाल सम्म ३० प्रतिशत योजना सम्पन्न भई भुक्तानी समेत भईसकेको उप प्रमुख गोपालीले सभा मार्फत जानकारी दिए ।
सभामा नेपाली कांग्रेस थाहा नगरका सभापति योगेन्द्रमान श्रेष्ठले जनप्रतिनिधिबाट विगत देखि नै समान किसिमको काम भईरहेको भन्दै आगामी दिनमा पनि समान रुपमा काम हुनुपर्ने कुरामा जोड दिए । त्यसैगरि नेकपा माओवादी केन्द्र थाहा नगरका ईन्चार्ज विष्णु विष्ट आर्दर्शले जनप्रतिनिधिहरुले कहि कतै कमेन्ट नआउने गरि काम गर्नु पर्ने त्यसको लागि योजना बद्ध तरिकाले अगाडी बढ्नुपर्ने बताए । साथै नेकपा एमाले थाहा नगरका ईन्चार्ज विष्णु ढकालले कृषिलाई विशेष जोड दिन आग्रह गरे ।
जिल्ला समन्वय समितिका सदस्य चित्र बहादुर बलामीले निष्पक्ष रुपमा अनुगमन हुने हँुदा नगरपालिकाले पार्दर्शि ढङ्गबाट काम हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख विष्टले निर्वाचित भएर आए पछि अहिले सम्मको कामको मुल्याङ्कन भईरहेको बताए ।
यसैक्रममा मकवानपुर थाहा नगरपालिकाको दोस्रो नगरसभाबाट २ वटा ऐन पारित भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको सभाध्यक्षतामा भएको सभाले थाहा नगर शिक्षा ऐन र थाहा नगर सहकारी ऐन पारित गरेको हो ।

0 comments

Write Down Your Responses