Powered by Blogger.
फाखेल हुमाने सडक तत्कालका लागि सडक विभागलाई हस्तान्तरण गर्ने

Image may contain: sky, outdoor and natureआश बहादुर लामा
मकवानपुर, २९ चैत । जिल्ला समन्वय समिति काठामाडौँ र हेटौँडा विच बसेको संयुक्त बैठकले हेटौँडा–फाखेल हुमाने सडक तत्कालका लागि सडक विभागलाई हस्तान्तरण गर्ने निर्णय भएको छ ।

बैठकले कुलेखानी फाखेल हुमाने भञ्ज्याङ फर्पिङ सडकको रूट पर्मिटको लागि यातायात व्यवस्था कार्यालयसंग अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक तत्काल पक्की कालो पत्रे गर्न प्रदेश नम्बर ३ सरकार तथा भौतिक पूर्वाधार विकास कार्यालयसँग अनुरोध गर्ने समेत निर्णय भएको छ । बैठकमा सम्मिलित टोलीले बैठकमा भएका निर्णयहरु स्थानीयको पक्षमा भएको बताएका छन् ।

संयुक्त बैठकमा जिसस काठमाडौँका प्रमुख, जिसस मकवापुरका प्रमुख रघुनाथ खुलाल सहित  सांसद सुवास चन्द्र ठकुरी, गाउँपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा लामा, वडा नम्बर ४ का वडा अध्यक्ष धनवीर स्याङ्तान, टाटा सुमो व्यवसायी महासंघका अध्यक्ष गुन्जामान सिंह बस्नेतको सहभागीता रहेको थियो ।

0 comments

Write Down Your Responses