Powered by Blogger.
प्रथम थाहा गोल्ड कप : ऋषेश्वर ११ ले जित्यो उपाधी, चित्लाङ पराजित

जनक लामा
थाहा / प्रथम थाहा गोल्ड कपको उपाधि ऋषेश्वर ११ फुटबल क्लबले जितेको छ । थाहानगरमा आज भएको फाईनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङलाई ट्राईब्रेकरमा हराउदै ऋषेश्वरले उपाधि जितेको हो ।
ट्राईब्रेकरमा ऋषेश्वरले ३–२ गोलले पारिजातलाई पराजित गरेको हो । खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । 
थाहा नगर खेलकुद विकास समिति वडा नं. २, ३ र ४ को आयोजनामा भएको हो । विजेता ऋषेश्वर टिमले नगद ५० हजार सहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरि उपविजेता पारिजात पुस्ताकालयले नगद ३० हजार , शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । 
प्रतियोगिताबाट ऋषेश्वरका सुमित मगर उत्कृष्ट खेलाडी भए भने, पारिजातका सरोज बलामी उत्कृष्ट अंक प्राप्त गर्ने खेलाडीको रुपमा घोषित भए । खेलको म्यान आफ दी म्याच र उत्कृष्ट गोल रक्षक ऋषेश्वरका मनोज लामा भए । 
विजेता तथा उपविजेता टिमलाई आज नै प्रमुख अतिथि लवशेर विष्ट तथा सभापति राजेश केसीको हातबाट पुरस्कार प्रदान गरिएको छ । सेभेन ए साईडमा खेलाईएको खेलमा २२ टिमको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses