Powered by Blogger.
आग्राबाट रेमीटेन्स सेवा सुरु

थाहा,१९चैत्र । मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७  डाँडाबासबाट रेमीटेन्स ९क्ष्ःभ्० सेवा सुरु भएको छ । आग्राको डाँडाबास स्थित कालिदेबी बहुउद्धेश्यीय सहकारी संस्थाले आजबाट रेमिटेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
थहा ७ लगायत आसपासका स्थानियलाई परेको समस्यालाई मध्यनजर गर्दै रेमिटेन्स सेवा सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष नेमराज थिङले बताए ।
आबाट सञ्चालमा आएको रेमिटेन्स सेवा पाँच जनाले पैसा काठमाण्डौ ट्रान्सफर गर्दै सेवाको उद्घाटन गरेको हो । डाँडाबासमा रेमिटेन्स सेवा सञ्चालनमा आए पस्चात डाँडाबास संगै कैलाश गाउँपालिकाका केही वडाका स्थानियले सहज रुपमा सेवा लिन सक्ने छ ।
उक्त स्थानमा रेमिटेन्स सेवा सञ्चालनमा आउदा स्थानिय खुसी भएका छन् । पैसा पठाउन र निकाल्न लामो समय खर्चेर पालुङ जानु पर्ने समस्याबाट मुक्त भएको स्थानिय राजकुमार कालिराजले बताए ।


0 comments

Write Down Your Responses