थाहा नगरका कवि असाम भारतमा सम्मानित

असाम राज्यको तीनसुकिया स्थित डिपबोइमा सञ्चालन भएको उक्त कार्यक्रममा दुलियाजान कला साहित्य मञ्चबाट प्रकाशनहुदै आएको साहित्य पत्रिका अभिब्यक्तिको रजत अङ्क, टिकाराम ढुङ्गेल रटनद्वारा लिखित आधा दर्जन कृतिको एक साथ बिमोचन समेत भएको थियो ।दुई सत्रमा बिभाजित कार्यक्रमको पहिलो चरणमा असामको पर्यटकीय क्षेत्र ,धार्मिक स्थल र अौधोगिक नगरीको अबलोकन भ्रमण गराइएको थियोे भने दोस्रो चरणमा कविता वाचन,स्रष्टा सम्मान र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।सो कार्यक्रममा नेपालका तर्फबाट दाङ,चितवन ,नवलपरासी ,पर्वत र मकवानपुरका साहित्यकारहरूको प्रतिनिधित्व थियो ।
नेपाली भाषा,साहित्यका क्षेत्रमा योगदान पुन्याउनु भएका दाङका छविकिरण वली, नवलपरासीका सदानन्द अभागी,लोकराज खराल,चितवनका गोर्खे साइलो,केशवराज आमोदी,मिरा तिमल्सिना ,पर्वतका शान्तिनारायण श्रेष्ठ ,डि आर शर्मा र मकवानपुरका बिर्खे अञ्जानलाइ सँस्थाले सम्मानित गरेको थियो उत्तरी मकवानपुरमा बसेर सँस्थागत साहित्यको बिकासमा सक्रिय कवि अञ्जानका शल्यक्रिया समालोचना ग्रन्थ र अवसान सपना कविता सङ्ग्रह प्रकाशित छन ।
भारतमा बसोबास गर्ने नेपाली मुलका साहित्यकारहरूद्वारा स्थापना भएको सो सँस्थाले भारतमा नयाँ तरङ्ग पैदा गरेको सहभागीलाईहरूले जनाए ।
0 comments
Write Down Your Responses