Powered by Blogger.
‘कृष्ण सेन ईच्छुक’ पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित हुँदै

मकवानपुर / क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले स्थापना गरेको पहिलो ‘कृष्ण सेन ईच्छुक’ पत्रकारिता पुरस्कारबाट मकवानपुरका अग्रज पत्रकार नवराज शर्मालाई प्रदान गरिने भएको छ । संगठनको मंगलबार बसेको बैठकबाट पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष एवं अग्रज पत्रकार शर्मालाई पुरस्कार प्रदान गरिने निर्णय गरेको हो । लामो समयसम्म जनपक्षिय पत्रकारिता गर्दै आईरहेका शर्मा हाल पनि पत्रकारितामै क्रियाशिल रहेका छन् । उनको योगदानको कदरस्वरुप ‘ईच्छुक’ पत्रकारीता पुरस्कारबाट सम्मानित गरिन लागेको संगठनका अध्यक्ष रुपा गुरुङले बताए ।

यहि बैशाख १३ गते विहान आयोजना गरिने कार्यक्रममा शर्मालाई पुरस्कृत गरिन लागेको संगठनका उपाध्यक्ष राजेश थापा ‘गरिब’ ले बताए । साहित्यकार एवं पत्रकार,सहिद कृष्णसेन ‘ईच्छुक’ को नामबाट स्थापना भएको पत्रकारिता पुरस्कारबाट मकवानपुरका पुराना एवं हालसम्म पत्रकारीतामा क्रियाशिल,लगनशिल,कमर्ठ पत्रकार शर्मालाई पुरस्कृत गर्ने कार्य स्वागतयोग्य भएको संगठनका केन्द्रिय सचिवालय सदस्य तिलक अधिकारीको भनाई छ ।

सोही कार्यक्रममै जिल्लामा सञ्चालित संञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुको नाम,नम्बर तथा जिल्लाका महत्वपूर्ण कार्यालयको नम्बरसहितको ‘फोन डायरी’ पनि प्रकाशन गरिने भएको छ । त्यसका लागी कार्यक्रमको सबै तयारी अन्तिम चरणमा पुगिसेकेको सचिव राज सापकोटाले जनाए ।

0 comments

Write Down Your Responses