Powered by Blogger.
अनेरास्ववियुको कार्यबाहक अध्यक्षमा महेश बर्ताैला


काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाएका छन् । 

अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको अगुवाइ गर्न नसक्ने जनाउँदै सोमबारदेिख कावा अध्यक्षको काम गर्ने गरी बर्ताैलालाई जिम्मेवारी दिएकी हुन् । 

कार्यबहाक अध्यक्षको जिम्मेबारी पाउने बर्ताैला कुशल संगठक हुन् भने अनेरास्विवयुमा सबै तहका कमिटीमा रहेर काम गर्ने अनुभवी नेता पनि हुन् । मकवानपुरको दुर्गम गाँउ नामटारमा जन्मेर निकै संघर्ष भोगेका बर्तौला स्कुल पढ्दा देखि नै राजनीतिमा जुझारु रुपले लागेका थिए । 

२०५३ सालमा कक्षा सातमा अध्ययनरत रहदा नै अनेरास्ववियु प्राकको अध्यक्षको जिम्मेवारी सहित संगठित भएका थिए । एक अनुसाशित, शालीन, निडर एवं इमान्दार व्यक्तित्वको रुपमा आफुलाई बिकास गरेका महेश, स्कुल पढ्दाकै बेला अनेरास्ववियु मकवानपुरको जिल्ला कमिटी सदस्य समेत रहेका थिए ।

आफुलाई अब्बल साबित गराउदै अघि बढेका महेश, इलाका कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी उपाध्यक्ष, क्याम्पस कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, सचिव हुदै २०६१ र २०६३मा दुई कार्यकाल मकवानपुर जिल्ला कमिटी अध्यक्ष समेत बने । 

६२–६३ सालको आन्दोलनमा शशक्त भूमिका निर्वाह गरेका उनि हेटौडामा दुई पटक सम्म अनिश्चितकालीन नजरबन्दमा परेका थिए । दर्जनौपटक प्रहरीको कस्टडीमा परेर यातना समेत भोगेका उनि आफ्नो बिगत समझदा आङ् शिरिंग हुने गरेको भएता पनि थप अगाढी बढ्ने प्रेरणा समेत मिलेको कुरा बताउछन । 

त्यसै गरि २०६३ सालमा अनेरास्ववियु नारायणी अञ्चल कमिटी उपाध्यक्ष समेत रहेका उनि २०६४ सालमा ने।क।पा। एमाले मकवानुर जिल्ला कमिटी सदस्य को जिम्मेवारी समेत वहन गरे । 

८००० विद्यार्थी पढ्ने ठूला क्याम्पसहरु मध्येको एक, मकवानपुर बहुमुखी क्याम्पसमा २०६० सालमा स्ववियु सदस्य हुदै २०६२ र २०६५ को स्ववियु निर्वाचनबाट मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडाको दुई कार्यकाल सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । 

त्यसै गरि, संगठनमा सिनियरिटिका आधारमा २०६६ सालमा स्ववियु काउन्सिल नेपालको संयोजक समेत रहेका थिए । २०६५ सालमा अनेरास्ववियु मध्यमाञ्चल व्युरो प्रमुख तथा केन्द्रिय सचिवालय सदस्य हुदै २०६७ सालमा पुनः अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य निर्वा्चित भए । 

२०७० सालमा अनेरास्ववियु केन्द्रिय सचिवमा लोकप्रिय मत सहित बिजयी भएका उनि महासचिवको शशक्त दावेदार हुँदा–हुँदै २०७२ सालमा सम्पन्न अनेरास्ववियु को २२औं महाधिवेशनबाट सर्वा्धिक मत सहित केन्द्रिय उपाध्यक्षमा निर्वा्चित भएका  थिए । 

उनि विद्यार्थी माझ निकै लोकप्रिय एवम् शालिन नेताका रुपमा परिचित छन् । राजनीतिक शास्त्र एवं व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले कानुनमा स्नातक समेत गरेका छन् ।




0 comments

Write Down Your Responses