Powered by Blogger.
उत्कृष्ट दुई विद्यार्थीलाई छात्रबृत्ति

 ईपा, ३० चैत/ पञ्चकन्या मावि ईपाको ६१ औं अभिभावक भेलाको अवसरमा दुईजना सर्वोकृत्ट विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष आनन्द कठायतद्वारा आफ्नो दिवंगत छोरा स्व. अभिषेक कठायतको स्मृतिमा स्थापित अक्षयकोषबाट २ जना सर्वोकृत्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारीको सभाध्यक्षता तथा काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गतवर्षको एसइई परिक्षामा विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने दयाराम बस्नेत र जनजातीबाट उत्कृष्ट विद्यार्थी दीपक घिसिङलाई नगद ३५ सय र प्रमाणपत्र प्रमूख अतिथि बानियाँले वितरण गर्नुभयो ।

भेलामा भीमफेदी गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ, विद्यालयका संस्थापक अध्यक्ष आनन्द कठायत, प्रधानाध्यापक सुरेश ठकुरी, काँग्रेस मकवानपुरका जिल्ला सदस्य भीमसेन महत, क्षेत्रीय सभापति यतिराज सापकोटा, शिक्षकहरु अमृत भट्टराई, भीमसेन कठायत, रोहित श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।

0 comments

Write Down Your Responses