Powered by Blogger.
अहिलेको सरकार ईतिहासकै बलियो सरकार भएको दाबी : कुमारी मोक्तान

 Image result for कुमारी मोक्तान picहेटौँडा, ३० चैत ।  नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला ईन्चार्ज एवं ३ नम्बर प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तानले अहिलेको सरकार ईतिहासकै बलियो सरकार भएको दाबी गरेकी छिन् । माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका पार्टी वडा कमिटि ९ र १४ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार जनमत प्राप्त बलियो सरकार भएको बताएकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मोक्तानले वर्तमान सरकारको कार्यकाल राजनीतिक स्थिरता कायम गर्दै देश र जनताको समृद्धि विकासको यात्रामा फड्को मार्न सफल हुने दाबी गरिन् । उनले कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई विगतका कमिकमजोरी पहिल्याएर आत्मासमिक्षा गर्दै अगाडि बढ्न समेत सुझाव दिईन् ।
१४ नम्बर वडाका पार्टी वडाअध्यक्ष तिलक मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवं ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको विशेष आतिथ्यता रहेको पार्टीका जिल्ला संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।

कार्यक्रममा जिल्ला कार्यालय सदस्य बलराम बल, नगर कमिटि अध्यक्ष ललित घलान, उपाध्यक्ष विवेक राई, नेताहरु लिलाकुमार घलान, तिर्थ थापा मगर, नगर सचिव दिपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses