Powered by Blogger.
बारामा आईसिटि ईन एजुकेशन मोटिभेसन सेमिनार भव्य रुपमा सम्पन्न

रुपक कालिराज
बारा /  बाराका जिल्ला शिक्षा अधिकारी लाल बहादुर प्रसाद शाहले आईसिटिको प्रयोग आजको अपरिहार्य भएको बताए । बाराको कलैयामा भएको आईसिटि ईन एजुकेशन मोटिभेसन सेमिनारको उद्घाटन गर्दै शिक्षालाई डिजिटल प्रविधिमय बनाउने आफ्नो योजना रहेको भन्दै अबको आर्थिक वर्षमा प्राविधिमय बनाउन आफ्नो प्रयास हुने बताए । 

शाहले प्राविधिलाई बुझ्न नसकेका कारण दुरुपयोग भईरहेको भन्दै विद्यालयलाई प्राविधिसंग नजिक भएर अगाडि वढ्न आग्रह गरे । उनले भने, “पढाउने कुरा मात्र जरुरी होइन, कसरी पढाउनु हुन्छ भन्ने कुरा जरुरी हो भन्दैै प्रविधिलाई सदुपयोग गरि शिक्षकहरु नै अब्बल भन्न आग्रह गरे ।” 
शैक्षिक तालिम केन्द्र बाराका प्रशिक्षक सञ्जिव चौधरीले बाराका शिक्षकहरुलाई लक्षित गरि आईसिटि सम्बन्धी कक्षा समेत सञ्चालन गरिहरेको बताए । चौधरीले भने,“हाम्रो उद्देश्य पनि विद्यालय कम्तिमा एक कक्षा आईसिटि मय हुनुपर्दछ भन्ने हो ।” शिक्षकमा सिक्ने सोच बनाएर आउनुस हामी तालिमको व्यवस्थ गर्न तयार छौँ उनले भने । 
त्यस्तै आईसिटि इन एजुकेशन नेपालका प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक मोहन राउतले बाराका विद्यालयलाई नमुना विद्यालयमा बनाउनको लागि सक्दो सहयोग गर्न तयार रहेको बताए । उनले थपे,“हामी स्मार्ट स्कुल बनाउनको लागि आवश्यक पर्ने सम्पुर्ण आईटिका सामान उपलब्ध गराउनको लागि तयार छौँ ।” कम्प्यूटर सिकाईको लागि निशुल्क तालिम समेत व्यवस्था गर्न तयार रहेको कुरा बताउदै हरेक विद्यालयलाई नुमना बनाउनको लागि पहल तथा सहयोग गरिरहेको बताए । 
त्यस्तै मुक्तिनाथ विकास वैँकका लोन अधिकृत सविर अलिले विद्यालयलाई प्राविधि मय बनाउन चाहेको खण्डमा आफ्नो वैँकबाट लोड दिन तयार रहेको बताए ।

नेस्नल प्यापसन बाराको आयोजना,आईसिटि इन एजुकेशन नेपालको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय, मुक्तिनाथ विकास वैँक , मिदासको सहकार्यक्रमा संचालित मोटिभेसन तालिममा बारा जिल्ला ६३ वटा विद्यालय प्रिन्सिपलको सहभागिता रहेको थियो ।
नेस्नल प्यापसन बाराका अध्यक्ष प्रभुलाल प्रसाद बुसवाहाको सभाध्यक्षता तथा शैक्षिक तालिम केन्द्र बाराका प्रमुख अरविन्द लाल कर्णको विशिष्ट आथित्यतामा भएको तालिममा सहभागिहरुलाई प्रमाण समेत प्रदान गरिएको थियो ।  
सो सेमिनारमा शैक्षिक तालिम केन्द्र बाराका प्रशिक्षक सञ्जिव चौधरी, आईसिटि इन एजुकेशन नेपालका क्षेत्रिय प्रवन्ध सुनिल राउत,आईसिटि इन एजुकेशन नेपालका प्रमुख कार्यकारी अधिकारी मोहन राउत, मिदास एजुकेसन प्रालिका जेनेरल म्यानेजर विवेकनन्द झा, मुक्तिनाथ विकास वैँकका लोन अधिृकत सविर अलि, कृपा दैनिकका सम्वाददाता नरेश प्रसाद गुप्त लगायतको आथित्यता रहेको थियो ।

0 comments

Write Down Your Responses