Powered by Blogger.
थाहामा प्रसुति केन्द्रमा सुत्केरी गराउने महिला बढे

थाहानगर,२७ चैत्र ।  प्रत्येक गर्भवतीको स्वास्थ्य राम्रो हुनु जरुरी छ । उनले राम्रो वा पोषणयुक्त खाना र परिवार तथा छरछिमेकको स्नेह र सहयोग पाउनुपर्छ । स्वस्थ्य महिला गर्भावस्थामा तथा सुत्केरी हु“दा कुनै कठिनाइ महसुस गर्दैनन् र त्यस्ता महिलाबाट जन्मिएका बालबच्चा पनि स्वस्थ्य हुन्छन् ।

तर, खतरापूर्ण परिस्थिति पनि बन्न जान्छ । विश्वभरमा वर्षेनी करिब पा“च लाख  महिला गर्भवती र सुत्केरीकै कारणले मर्ने गर्छन् । जसलाई मातृमृत्यु भनिन्छ । प्रायः यस किसिमका मृत्युलाई आधारभूतरुपमा हेरचाह गरेकै भरमा रोक्न सकिन्छ । उनीहरुलाई हेरचाहमा सहयोग गर्नेबारे जानकारी पाएकाहरुले गर्ने हेरचाह र स्वास्थ्य संस्थाको भौतिक अवस्थामा आएको परिवर्तन आदिका कारण महिला स्वास्थ्यमा केही सुधार आएको पाइएको छ । महिलामा आएको स्वास्थ्य चेतनाको सकारात्मक प्रभाव मकवानपुरको उत्तरी भेग थाहानगरमा देखिएको छ ।

 पालुङ स्वास्थ्य केन्द्रमा सुत्केरी गराउने महिलाको संख्यामा बृद्धि भएको छ । ८ महिनाको अबधिमा ५६ जना गर्भवती महिलाहरुको सफल प्रसुती गराउन सफल भएको पालुङ स्वास्थ्य केन्द्रका डाक्टर रिनेश अधिकारीले जानकारी दिए । 

गत श्रावण महिना देखि चैत्र मसान्त सम्मको तथ्याड्डलाई आधारमा हेर्ने हो भने पनि केन्द्रमा प्रसुतीका लागि भर्ना भएका ७५ जनामध्ये ५६ जनाको सफल प्रसुती गराउन सफल भएको छ । बाँकी १९ जनालाई भने अन्यन्त्रै रिफर गराईएको जनाएको छ । यसअघि घरमा हुने असुरक्षित प्रसुतिले अकालमै महिलाहरुले ज्यान गुमाउने खतरा रहेकोमा प्रसुति सेवा सुरु भएदेखि थाहाका महिलाहरुलाई केन्द्रमा आएर प्रसुती गराउने गरेको अधिकारीले बताए । 

स्वास्थ्य केन्द्रमा गएर सामान्य चेकजाँज गराउन समेत नलजाउने यहाँका महिलाहरु पछिल्लो समयमा नियमित स्वास्थ्य जाँचकालागि आउने गरेकोले उनिहरुको चेतनास्तरमा बृद्धिहुँदै गएको पाईएको पालुड्ड स्वास्थ्य केन्द्रका सिनियर अहेव चिनिया लामाले बताए । उनले थपे,“ हाम्रो उद्देश्यभे १०० प्रतिशत नै प्रस्तुती केन्द्रमा प्रसुती होस् भन्ने हो , तर पनि सोचेजति हुने सकिरहेको छैन।” हामीले थाहाको भौगोलिक अवस्था हेरेर विभिन्न ठाउँमा गाउँघर क्लिनिक समेत सुचारु गरेको लामाले बताए । प्रसुती गराउदाँ केहि समस्या हुन नदिनको लागि आकश्मिकको लागि थाहा ७ चल्तीमा केहि महिना अगाडि थाहा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको र दामनमा विगत १ वर्ष देखि दामन शहरी स्वास्थय केन्द्र सुचारी रहेको बताए ।

थाहामा ४ वटा वर्थिड्ड सेन्टर, गाउँघर क्लिनिक, वाह््य गाउँघर क्लिनि, शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा सुचारु गरिएको पालुङ स्वास्थ्य केन्द्रका डाक्टर रिनेश अधिकारीले जानकारी दिए । सुरक्षित प्रसुतिको लागि प्रसुति केन्द्रमै जाने महिलाको संख्या बढ्दो क्रममा रहेको बताउदै अस्पतालमा सुत्केरी गराए वाफत पाईने न्यानो कपडा र भत्ताले समेत सफल प्रसुतिकालागि महिलाहरुलाई तानेको उनको भनाई रहेको छ । उनले थपे,“ नियमित चेकजाँच गर्ने ४० जनालाई राज्यले उपलब्ध गराएको १ हजार ४ सय रुपैयाँ र नियमीत स्वास्थ्य परीक्षण नगराउने १६ जनालाई एक हजार को दरले प्रदान गरेका छौँ ।”

0 comments

Write Down Your Responses