Powered by Blogger.
अतिथि गृह निर्माणस्थलको भूमि पूजन

Image may contain: 10 people, people smiling, people sitting and outdoor
 मकवानपुर / मकवानपुर उद्योग वाणिज्य संघले पल्पसा सभागृह परिसरमा  निर्माण शुरु गर्न लागेको अतिथि गृह निर्माणस्थलको भूमि पूजन सम्पन्न गरेको छ । अक्षय तृतीयको शुभ साईतको अवसर पारेर सो मार्णस्थलको भूमि पूजन गरिएको हो। 

पल्पसा सभागृह परिसरमा आयोजित भूमि पूजन कार्यक्रम संघका अध्यक्ष कृष्ण कटुवाल, पूर्वअध्यक्ष जीवनकाजी माकजु श्रेष्ठ, पूर्वअध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी र पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठबाट संयुक्त रुपमा गरिएको थियो ।  भूमि पूजनको विधिपश्चात सबैलाई प्रसाद वितरण गरिएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । अतिथि गृह निर्माणकालागि नक्सालगायतको काम अघि बढिसकेको र थप आवश्यक कार्य अघि बढ्दै गरेको सचिव तथा निर्माण समिति संयोजक विष्णुगोपाल महर्जनले बताउनुभयो ।

 अनुमानित ५ करोडको लागतमा निर्माण हुन गईरहेको अतिथि गृहमा ३२ वटा कोठा र एउटा सभाहल हुनेछ । उक्त अतिथि सदन छिटोमा डेढ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिईएको अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो ।

0 comments

Write Down Your Responses