Powered by Blogger.
फापरबारीमा निःशुल्क स्वास्थ्य शिविर : २ सय २ जनाको स्वास्थ्य परिक्षण

मकवानपुर /  मकवानपुरको बागमती गाउँपालिका–८ फापरबारी अवस्थित जनता उच्च माविमा भएको निःशुल्क स्वास्थ्य शिविरमा २ सय २ जनाको स्वास्थ्य परिक्षण गराएका छन । 
हेटौडाबाट ४५ किलोमिटर पुर्वमा रहेको बागमती गाउँपालिकामा मध्यपृतना मुख्यालय हेटौडा सुपारीटार ब्यारेकको आयोजना, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, वीपी मेमोरियल क्यानसर अस्पताल, क्लिनिक नेपाल, मेघौली चितवानका सहयोगमा सो शिविर संचालन गरिएको हो । 

विशेषगरि महिला र बृद्धावृद्धहरुलाई लक्षित गरी संचालन गरिएको शिविरमा महिलाहरुको प्रजनन स्वास्थ्यको परिक्षण गराएको मध्यपृतना हेटौडाका वरिष्ठ सैनिक अधिकृत जितेन्द्र महतले बताए । 

सो शिविरमा द्धन्द्ध प्रभावित स्थानमा हुन सक्ने खतरा माइनको जोखिमबाट बचाउनको लागि ‘माइन जोखिम शिक्षा’ समेत संचालन गरिएको थियो । यस खाले शिक्षाले विभिन्न स्थानमा भेटिन सक्ने बिस्फोटक पदार्थबाट सचेत हुन मद्दत पुग्ने विश्वास लिएको मध्यपृतना हेटौडाका वरिष्ठ सैनिक अधिकृत महतले बताए।

सो शिविरमा ७० वर्षिय एक महिलालाई स्टेचरमा वोकेर ल्याई उपचार समेत गरिएको थियो । त्यस महिलाको हात पुरै सुनिएको र शरिर समेत सुक्दै गएकोले थप उपचारको लागि चितवान मेडिकल कलेज लैजान अभिभावकलाई सल्लाह दिएको पृतनापति प्रभुराम शर्माले बताए । उनले थपे, “उपचार गर्न छिट्टै लैजानुस् , आर्थिक पाटोमा सहयोग गर्न तयार छौँ ।” 

। कालशक्ति गणका टोलीले सहजीकरण गरेको शिविरमा परिक्षण गराएका सेवाग्रहीहरुलाई निशुल्ल रुपमा औषधी समेत वितरण गरिएको थियो । 

0 comments

Write Down Your Responses