Powered by Blogger.
देवकी मावि : प्रोजेक्टर तथा स्मार्ट वोडबाट अध्यापन– विद्युतीय हाजिरी शुरु

मकवानपुर /  मकवानपुरको भौगोलिक हिसाव दुर्गम मानिने बागमती गाउँपालिकाको, त्यसमा पनि राजधानी हेटौडाबाट ५३ किलोमिटर टाढा रहेको देवकी माध्यामिक विद्यालय ज्यामिरे ।
अहिले यही विद्यालयले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको पढाइ गुणस्तरीय ह“ुदैन भन्ने आरोपलाई चुनौती दिन खोजिरहेको छ । 
शैक्षिक सत्र २०७५ शुरु हुनुलगावै जिल्ला शिक्षा कायालय मकवानपुरको आर्थिक सहयोग र आईसिटि इन एजुकेसन नेपालको प्राविधिक सहयोगमा विद्यालयमा सिसि क्यामेरा, प्रोजेक्टर र स्मार्ट वोर्डको माध्यमबाट अध्यापन शुरु गरेको छ ।
अझै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा सिसि क्यामेरा समेत जडान गरिएको हो छ। शिक्षक आफैंले पनि कक्षा कोठामा गएर कसरी र कस्तो पढाए“, के कमजोरी गरें भनेर थाहा पाउन र देखिएका कमजोरी छिट्टै सुधार गर्न सकिने भएकाले पनि सिसि क्यामेरा जडान गर्न आवश्यक रहेको विद्यालय प्र.अ खड्क पुलामीले बताए । 
शहरबजार तिरप्राय विद्यालयमा सिसि क्यामेराबाट निगरानी गर्ने भएता पनि गाउँका विद्यालयमा यसको प्रयोग नभईरहदा यस विद्यालयले सिसि क्यामेरा जडान गर्नु राम्रो पक्ष भएको स्थानियहरुले बताएका छन् । 
शिसु कक्षा देखि कक्षा १२ सम्म अध्यायन गर्ने विद्यालयले आवश्यकता अनुसार प्रोजेक्टर तथा स्मार्ट वोडबाट पढाउन शुरु गरेर शिक्षण सिकाइ क्रियाकलापलाई डिजिटल प्रविधितर्फ लैजाने प्रयास थालेको छ । यस डिजिटल प्राविधितर्फ उन्मुख विद्यालयललाई आईसिटि इन एजुकेसन नेपालले ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम अन्र्तगत किस्तावन्दिमा सम्पूर्ण शिक्षकलाई ल्यापटप समेत प्रदान गरेको छ । यस डिजिटल प्राविधि प्रति भनाई राख्दै आईसिटि इन एजुकेसन नेपालका क्षेत्रिय प्रवन्ध सुनिल राउतले विद्यालयलाई आईसिटि सम्बन्धी तालिम आवश्यक परेको खण्डमा निशुल्क तालिमको व्यवस्था समेत गर्ने प्रतिवद्धता जनाएका छन ।  
शिक्षण सिकाइ क्रियाकलापलाई डिजिटल प्रविधितर्फ लैजाने प्रयास प्रति गाउँपालिका प्रमुख सर्केश घलान भन्छन्, ‘समुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको, पुरानै शिक्षण शैलीमात्र अपपनाएको, विद्यार्थीहरु अनुशासित नभएको आरोप लागिरहेको बेला प्रोजेक्टर प्रयोग र सिसि क्यामेर जडानले शिक्षामा नयाँ फड्को मार्ने विश्वास लिएको छु । ’ उनले भने, ‘शैक्षिक गुणस्तर खस्केको भनेर नै अभिभावकले सामुदायिक विद्यालयमा नानीहरु भर्ना गर्न हिचकिचाउने गरेका छन्  । 
तर शैक्षिक गुणस्तर वृद्धि गर्न नयाँ नयाँ प्रविधिसंगै अगाडि बढे सामुदायिक विद्यालयको स्तरोन्नती हुन्छ नै र गाउँपालिकाले पनि यस्ता कार्यमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।  

देवकी माविमा विद्युतीय हाजिरी शुरु
मकवानपुर ÷ मकवानपुर जिल्लाको पूर्वी भेगमा रहेको बागमती गाउपालिका–५ का देवकी माविमा विद्युतीय हाजिरी लागू भएको छ । 
 
 सबै विद्यालयका शिक्षकहरू विद्यालयमा अनुपस्थित रहेको बेलाको हाजिरी शिक्षकहरूले एकैपटक गर्ने परिपाटी अन्त्यका लागि विद्यालयले हाजिरी जडान गरिएको विद्यालयका प्रध्यानाध्यापक खड्क पुलामीले बताए ।
प्र.अ पुलामीको अनुसार‘विद्यालयको पठनपाठन सुधार गर्दै विद्यालयमा शिक्षकको उपस्थिति नियमित भए÷नभएको निगरानी गर्न सहज बनाउनका लागि विद्युतीय हाजिरी प्रविधि जडान गरेका हौँ । 
जिल्लाका दुर्गम भेगका अधिकांश विद्यालयमा शिक्षकहरू लामो समय अनुपस्थित रहने गुनासा आइरहेका बेला यस विद्यालयमा भने यस्ता कार्य नहुने र गाउँपालिककै नमुना विद्यालय हुने अपेक्षा गरिएको छ ।
विद्यालयमा कार्यरत शिक्षकहरू विद्यालयमा नियमित नहुने गुनासो लामो समयदेखि सुनिँदै आएकोमा अनियमित हुने शिक्षकलाई अब लगाम लगाउन केही सहज हुने आशा गरिएको विद्यालयका व्यवस्थापन समितिकी अध्यक्ष जानकी जर्गा मगरले बताईन ।
प्र.अ. पुलामीले थपे,’ यसअघि शिक्षकहरूले गयल दिनको हाजिरी एकै दिन गर्छन् भन्ने गुनासो सम्बोधन हुने र दिनैपिच्छे शिक्षकहरू हाजिरी गर्ने परिपाटी बस्ने विश्वास गरिएको छ ।’

0 comments

Write Down Your Responses