Powered by Blogger.
पिसाब जम्मा गर्ने ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

मकवानपुर / मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६ गाईफार्ममा गाईको पिसाव जम्मा गर्ने ट्याँटीमा डुबेर एक जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका ६ बाग्दलीका अर्जुन घिमिरेको ४ बर्षिय छोरी अमृताको डुबेर आज बिहान मृत्यु भएको स्थानिय विजय बजगाईले बताए । मकवानपुरगढी गाउँपालिका ५, सोलिथुमस्थित बालिकाको फुपु दिलकुमारी हुमागाईको गाई फार्मको पिसाव ट्याँटीमा डुबेका बालिकाको हेटौंडा अस्पतालमा याउनसाथ चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी थिए ।

0 comments

Write Down Your Responses