Powered by Blogger.
दुबै मिर्गौला फेल भएकी स्वास्थ्य स्वयंमसेविकाको उपचारको लागि सहयोगको अपिल


काठमाडौं । मकवाननपुरको थाहा नगरपालिका २ पालुङ माझ अंगारेकी बबिता ढकाल सँधै अरुको स्वास्थ्यकै चिन्ता गरेर हिँडिन् । 

स्थानीय क्षेत्रमा स्वास्थ्य स्वयमसेविकाको रुपमा सेवा गरेकी ढकाललाई अहिले आफ्नै स्वास्थ्यले साथ दिएन । दुबै मिर्गौलाले काम नगरेपछि उनी अहिले स्वास्थ्य र आर्थिक समस्यासँग जुधिरहेकी छन । 

अधिकांश समय अस्पतालमै बिताउन बाध्य भएकी उनी हाल जीवन–मरणको दोसाँधमा छिन् । 

उपचारका लागि उनले झण्डै ७ लाख रुपैयाँ सकिसकिन् । अब उपचार गर्न घरघँडेरी पनि बेच्ने अवस्था आएको उनको परिवारको गुनासो छ ।

मिर्गौला प्रत्यारोणका लागि पनि ठूलो खर्च लाग्ने भए पछि परिवार कसरी रकम जुटाउने भन्ने चिन्तामा छन् ।

आर्थिक अभाव चर्किएपछि उनको उपचार गर्न नै समस्या भएको छ । 

नियमित डायलासिसका लागि औषधि किन्न पनि रकम जुटाउन परिवारलाई हम्मे हम्मे परेको छ । कसैले ऋण पत्याउन छाडेपछि बबिताले आर्थिक सहायताका लागि सबै समक्ष अपील गरेकी छन् ।

‘लामो समय गाउँघरमा अरुको स्वास्थ्य बिग्रेला भन्ने चिन्ता गरेर हिँड्नुभयो । अहिले आफ्नो स्वस्थ्यमा समस्या पर्दा सहयोग जुटाउन सकिएन,’ बबिताका छोरी विद्याले भनिन,’ सबैले सक्दो सहयोग गरिदिनु भए ममीलाई उपचार गर्न सकिन्थ्यो ।’

२०७१ सालदेखि नै बबिताको स्वास्थ्य बिग्रिएको थियो । 

तर पनि उनी निरन्तर गाउँमा सेविकाका रुपमा खटिएकी थिइन् । तर, पछिल्ला महिनाहरुमा उनलाई धेरै असहज भएको छ ।

त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी बबिता आफू छिटै निको भएर फेरि गानउँघरमा सेवामा फर्किन चाहेको बताउँछिन् ।

‘म निको भएपछि फेरि गाउँमै फर्किएर सेवा नै गरिरहन चाहन्छु,’ उनले भनिन्, ’तर, पैसा नभएर धेरै समस्या भयो । हामी गरिबमाथि नै यस्तो बज्रप¥यो ।’

बबिताका श्रीमान देबचन्द्र पनि आर्थिक समस्याका कारण उपचार गर्नै नसकिने अवस्था आएको निकै चिन्तित छन् ।

बबितालाई सहयोग गर्न चाहनेले नेपाल बैंकको खाता नम्बर ०९३०१०००९६४२३६०००००१ मा  सहयोग रकम जम्मा गर्न सकिने छ । उनलाई सहयोग गर्न ९८४५०७२३१८ मा सम्पर्क पनि गर्न सकिनेछ ।



0 comments

Write Down Your Responses