Powered by Blogger.
भाषा आयोगका सचिब सापकोटाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक प्रदान

हेटौंडा , ३१ बैशाख । मकवानपुर जिल्ला हटिया चिसापानी स्थित जनप्रिय नमूना माबिमा कक्षा १ मा  अध्ययनरत सरिसा प्रजालाई नेपाल सरकार शिक्षा मत्रालय भाषा आयोगका सचिब रामशरण सापकोटाले बिद्यालय ब्यबस्थापन समिति र शिक्षकबिचको संयुक्त अन्तरक्रियामा शैक्षिक सामग्री र पोशाक हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

 कार्यक्रमका प्रमुख अतिथि सापकोटाले विद्यार्थीको औसत सिकाई उपलब्धि वृद्धि गर्न विद्यार्थी केन्द्रित शिक्षण सिकाई क्रियाकलाप संचालन गर्नु पर्नेमा जोड दिदै भाषागत माध्यमले सिकाईमा कठिनाइ उत्पन्न हुनु भएन यसका लागि व्याकरण अनुवाद विधि उपनाउनु पर्नेमा समेत जोड दिदै यस तर्फ उन्मुख हुन शिक्षकहरुलाई अनुरोध पनि गर्नु भयो । 

कार्यक्रममा विद्यालयका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षमा शिक्षकहरुले आआफ्नो धारणा राख्नु भएको थियोे । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईंको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रमको संचालन बिद्यालयका प्रधानाध्यापक नमराज अर्यालले गर्नुभएको शिक्षक युक्तलाल बिश्वकर्मा जानकारी गराउनु भयो । कार्यक्रममस बिद्यालय ब्यबस्थापन समितीका पदाधिकारी र अभिभावक समेतको उल्लेख उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses